LIVE
विवाहपञ्चमीको निम्तो दिन जनकपुरबाट टोली अयोध्या प्रस्थान | डिजिटल जोखिम र नागरिक अधिकारबारे युवालाई प्रशिक्षण | स्वतन्त्र पत्रकारिताबिना लोकतन्त्र सुदृढ हुनसक्दैन ः डा.सिंह | जनकपुर–अयोध्या रेल सेवा शनिबारदेखि नियमित, टिकट बुकिङ खुला | पुर्व राज्यमन्त्री सञ्जय साहको मुद्दा सुनुवाइ माग्दै जनकपुरमा प्रदर्शन | | अयोध्याबाट मंगलबार जनकपुरधाम आउँदै सरयुग कमला एक्प्रेस, स्वागतको भव्य तयारी | सर्वदलिय सरकारदेखि रोजगारी सिर्जनासम्म मुख्यमन्त्री यादवको प्राथमिकता | उद्यमीलाई आर्थिक विकासको संवाहक बनाउन सरोकारवालाको जोड | नवनियुक्त मुख्यमन्त्री यादवले आइतबार बिहान १० बजे शपथ लिने, एक सातापछि विश्वासको मत लिने |

जनकपुरधाम । पराचिन कालमा माता सीता र भगवान रामको विवाहका लागि अयोध्याका राजा दशरथलाई निमन्त्रणा पठाएको ऐतिहासिक प्रसङ्गलाई स्मरण गराउँदै विवाहपञ्चमी महोत्सवको निम्तो दिन जनकपुरधामबाट एक टोली अयोध्या प्रस्थान गरेको छ ।

साताव्यापी विवाहपञ्चमी महोत्सवमा सहभागी हुन अयोध्यावासीलाई औपचारिक निमन्त्रणा दिन जानकी मन्दिर, जनकपुरधाम उपमहानगरपालिका, विश्व हिन्दु परिषद् तथा नागरिक समाजका प्रतिनिधिसहितको टोली शनिबार भारतको अयोध्याका लागि प्रस्थान गरेको हो ।जनकपुरधाम–अयोध्या नियमित रेल सेवा सञ्चालनको सुरुवातसँगै सरयू–कमला एक्सप्रेसमार्फत टोली अयोध्या गएको हो ।

टोलीले अयोध्या पुगेर रामजन्मभूमिसहित विभिन्न धार्मिक तथा सांस्कृतिक निकायका प्रतिनिधिलाई विवाहपञ्चमी महोत्सवमा सहभागी हुन निमन्त्रणा दिने कार्यक्रम रहेको छ ।

निमन्त्रणाका लागि टोलीले परम्परागत वैवाहिक सामग्रीका रूपमा लत्ताकपडा, गरगहना, भाँडावर्तनलगायतका सामग्री भारका रूपमा समेत लिएर गएको छ ।जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले विवाहपञ्चमी महोत्सव जनकपुरधाम र अयोध्याबीचको सदियौँ पुरानो धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने महत्त्वपूर्ण अवसर भएको बताए ।

त्रेतायुगमा राजा जनकले सीता–राम विवाहका लागि अयोध्याका राजा दशरथलाई निमन्त्रणा पठाएको प्रसङ्गलाई पुनःजीवन्त बनाउन अहिले पनि जनकपुरधामबाट निमन्त्रणा टोली अयोध्या पठाउने परम्परालाई निरन्तरता दिइएको उनले बताए । विवाहपञ्चमी महोत्सवले नेपाल र भारतबीचको धार्मिक, सांस्कृतिक तथा पारिवारिक सम्बन्धलाई थप मजबुत बनाउँदै आएको छ ।

प्रत्येक वर्ष मनाईने विवाहपञ्चमी महोत्सवमा अयोध्यासहित भारतका विभिन्न स्थानबाट श्रद्धालु तथा साधुसन्त आउने गरेका छन् ।

यसैबीच, जनकपुरधाम–अयोध्या रेल सेवामार्फत पहिलो दिन जनकपुरधामबाट चार सय यात्रुले टिकट लिएको नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले जानकारी दिए । रेलमा यात्रा गर्ने यात्रुलाई सशस्त्र प्रहरीले जाँच गरेपछि मात्रै प्रवेश गर्न दिएको थियो । शनिबारदेखि सातामा एक दिन सञ्चालन हुने रेल सोमबार बिहान ८ बजे पुनः जनकपुरधाम आइपुग्ने पराजुलीले बताए ।

सम्बन्धित खबर