LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

मो.इन्तेखाब आलम
पैगम्बर मोहम्मद सल्ललाहो अलैहे वसल्लमको जन्मदिनको अवसरमा नेपाल लगायत विश्वभरिका मुस्लिमधर्मावल्मबीहरु जुलुस निकालेर यो पर्व मनाउने गरेको छ । पैगम्बर मोहम्मद सल्ललाहो अलैहे वसल्लमको जन्म उदु साल १४९७ र इसा पूर्व ५७१ पहिले उदु महिनाको रबिऔवल १२ तारिखमा सहुदीको मक्कामा उनको जन्म भएको कारी दानिस रजाले बताए । ४० सालको उमेरमा अल्लाहले उनलाई आफनो दुत अर्थात पैगम्बरको उपाधी दिएका कारी दानिसले बताए । उनको जन्म काल देखि नै उनको चमतकारहरु मानिसहरु हेरिरहेको उनले भने ।

बाल्य काल देखि नै पैगम्बर मोहम्मद सल्ललाहो अलैहे वसल्लमले मानिस लगायत जिवित सबै प्रणीका लागी उनले हरेक दुख सुखमा सामिल भएर राम्रो बाटोमा हिडन सबैलाई प्रेरित गरेको कारी दानिसले बताए । पैगम्बर मोहम्मद सल्ललाहो अलैहे वसल्लम सित पशु पंन्छीले बाृटविरुवा लगायतले कुरा गरथे । उनले हरेक धर्मका मानिसहरुलाई इज्जत दिने गरथे । उनले ६३ सालको जिवनमा कुनै मानव जातिलाई दुखहोस त्यसतो कुरा कहिले नगरेको उनले बताए । उनले आफु भुखो रहेर अरुलाई खिलाउँथे । उनले गरिब लचार विधवा बुढो लगायतलाई धेरै माया गरथे ।

उनले यीनीहरुलाई चाहिने कपडा, खाना, घर, शिक्षा लगातका लागी रकम दिने गरेका कारी दानिसले बताए । पैगम्बर मोहम्मद सल्ललाहो अलैहे वसल्लमको जन्म दिनको अवसरमा मोदरसा कादरिया ब्रकातिया लोहना , खनकाहे ब्रकात, मरकजी दारुल केरात लोहना, मदरसा अलजामेअतुल हनफिया गौसया जनकपुरधाम लायतका सुन्नी मरकजले आज राती मिलाद अर्थात प्रवचनको आयोजना गरेको मदसा कादरिया ब्रकातियाका कोषाध्यक्ष शेष अनसारुलले बताए ।

इद मिलादुन नबी अर्थात मोहम्मद सल्ललाहो अलैहे वसल्लमको जन्म दिनको अवसरमा भोली आईतवार जनकपुरधाममा भव्य जुलुस हुने तमलोपा केन्द्रिय सदस्य मो.असगर अलीले बताए । यसै अवसरमा प्रदेशमा भोली सार्वजनिक बिदा दिएको छ । शनिवार मधेश सरकारको गृह तथा सञ्चार मन्त्रालयले एक सुचना जारी गदै आइतवार सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मद सल्ललाहो अलैहे वसल्लमको जन्मदिनको अवसरमा मन्त्रिस्तरको निर्णयबाट प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको मन्त्रालयका सुचना अधिकारी नाजोराम भगतले जानकारी दिएका हुन ।

सम्बन्धित खबर