LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

मो.इन्तेखाब आलम
पैगम्बर मोहम्मद सल्ललाहो अलैहे वसल्लमको जन्मदिनको अवसरमा नेपाल लगायत विश्वभरिका मुस्लिमधर्मावल्मबीहरु जुलुस निकालेर यो पर्व मनाउने गरेको छ । पैगम्बर मोहम्मद सल्ललाहो अलैहे वसल्लमको जन्म उदु साल १४९७ र इसा पूर्व ५७१ पहिले उदु महिनाको रबिऔवल १२ तारिखमा सहुदीको मक्कामा उनको जन्म भएको कारी दानिस रजाले बताए । ४० सालको उमेरमा अल्लाहले उनलाई आफनो दुत अर्थात पैगम्बरको उपाधी दिएका कारी दानिसले बताए । उनको जन्म काल देखि नै उनको चमतकारहरु मानिसहरु हेरिरहेको उनले भने ।

बाल्य काल देखि नै पैगम्बर मोहम्मद सल्ललाहो अलैहे वसल्लमले मानिस लगायत जिवित सबै प्रणीका लागी उनले हरेक दुख सुखमा सामिल भएर राम्रो बाटोमा हिडन सबैलाई प्रेरित गरेको कारी दानिसले बताए । पैगम्बर मोहम्मद सल्ललाहो अलैहे वसल्लम सित पशु पंन्छीले बाृटविरुवा लगायतले कुरा गरथे । उनले हरेक धर्मका मानिसहरुलाई इज्जत दिने गरथे । उनले ६३ सालको जिवनमा कुनै मानव जातिलाई दुखहोस त्यसतो कुरा कहिले नगरेको उनले बताए । उनले आफु भुखो रहेर अरुलाई खिलाउँथे । उनले गरिब लचार विधवा बुढो लगायतलाई धेरै माया गरथे ।

उनले यीनीहरुलाई चाहिने कपडा, खाना, घर, शिक्षा लगातका लागी रकम दिने गरेका कारी दानिसले बताए । पैगम्बर मोहम्मद सल्ललाहो अलैहे वसल्लमको जन्म दिनको अवसरमा मोदरसा कादरिया ब्रकातिया लोहना , खनकाहे ब्रकात, मरकजी दारुल केरात लोहना, मदरसा अलजामेअतुल हनफिया गौसया जनकपुरधाम लायतका सुन्नी मरकजले आज राती मिलाद अर्थात प्रवचनको आयोजना गरेको मदसा कादरिया ब्रकातियाका कोषाध्यक्ष शेष अनसारुलले बताए ।

इद मिलादुन नबी अर्थात मोहम्मद सल्ललाहो अलैहे वसल्लमको जन्म दिनको अवसरमा भोली आईतवार जनकपुरधाममा भव्य जुलुस हुने तमलोपा केन्द्रिय सदस्य मो.असगर अलीले बताए । यसै अवसरमा प्रदेशमा भोली सार्वजनिक बिदा दिएको छ । शनिवार मधेश सरकारको गृह तथा सञ्चार मन्त्रालयले एक सुचना जारी गदै आइतवार सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मद सल्ललाहो अलैहे वसल्लमको जन्मदिनको अवसरमा मन्त्रिस्तरको निर्णयबाट प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको मन्त्रालयका सुचना अधिकारी नाजोराम भगतले जानकारी दिएका हुन ।

सम्बन्धित खबर