LIVE
राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता | नेपाल सुडी समाजको दोस्रो साधारणसभा सम्पन्न |

लेखक ः मो. आशिकअल्ली

यस संसारमा अल्लाहले सबै भन्दा पहिले पैगम्बर आदम अलैहेअसलामको जन्म स्वर्गममा गराउनु भयो । आदम अलैहअ‍ेसलामलाई स्वर्गमा एक्लोपन महसुस भयो र फलस्वरुप अल्लाहको आदेश बाट जिबरिल अलैहे असलाम आदम अलैहे असलामेको हाडबाट हौवा अलैहेअसलामको जन्म भयो त्यसपछि दुवै जना स्वर्गमा एक आपसमा मेलमिलापका साथ बस्न थाले । यीदुवै जनाको आपसी मेलमिलापबाट आजको मानव अस्तित्व कायम भयो । इसापूर्व सातौं शताब्दी देखि इस्लाम धर्मको सुरुवात साउदी अरबबाट भएको पाइन्छ ।

हजरत मोहम्मदद्वारा इस्लाम धर्मको सुरुवात भएको पाइन्छ । इस्लाम र मुस्लिम भन्ने शब्द शान्तिलाई जनाउने गर्दछन् । १ लाख २४ हजारको हराहारीमा पैगम्बर पृथ्वीमा आए । जसले इस्लाम धर्मको प्रचार प्रसार गरे । त्यसै क्रममा इस्लाम धर्मको अन्तिम पैगम्बरको रुपमा हजरत मोहम्मदको जन्म ईसापूर्व ५७० मा अरबको मकका सहरमा सु–सभ्य र आदर्श कुरैश परिवारमा भएको भियो । पैगम्बर मौहम्मदको आमाको नाम आमना खातुन र बुवाको नाम अब्दुल्लाह थियो ।

आमाको गर्भमा रहँदा नै उनको बुवाको देहावसान भयो । पैगम्बर मोहम्दको जन्म पछि केहि दिनमै नै उनको आमाको पनि निधन भयो । यसरी बालक अवस्थामा नै पैगम्बर मोहम्मद आमा र बुवाको मायाममता र स्नेहबाट वञ्चित भए पछि उनको पालन पोषण र रेखदेख उनको हजुर बुवा अब्दुल मोतलिब बाट भयो ।पैगम्बर मोहम्मदको जन्म हुनु भन्दा पहिले साउदी अरबमा विभिन्न किसिमका समाजिक रुदिवादी परम्परा, अन्धविश्वास र कुसस्कारले जरा गाडेको थियो ।

जस्तै ः– विधवा महिलालाई अपमान, धृणा र तिरस्कार गर्दैथे, जिउँदै छोरीलाई कब्रमा दफन गर्दथे, महिलाको कुनै असित्व थिएन । महिलालार्इ दासको जीवन बिताउनु परथे । महिलाको नाक, कान पनि काट्ने गर्दैथे । बुवाको मृत्युपछि आमा सित विहे गर्दथे, एक आपसमा झै– झगडा, जातपात धनी–गरिब, छुवाछुत, विभिन्न किसमका मूर्ति बनाएर पूजा गर्दथे त्यसलाई नै ईश्वर मान्दथे । त्यसकै परिणाम स्वरुप यस्ता रुदिवादी परम्परा र अन्धविश्वसलाई अरबको समाजबाट हटाउनपुर्छ भन्ने सोच बनाए ।

त्यस समयमा पनि अरबका दुई स्थल मक्का र मदिना प्रसिद्ध थिए । सिरियासँगको व्यापारिक सम्बन्धका कारण मकका र मदिना चर्चित थिए । अर्कोतर्फ मक्का धार्मिक दृष्टिकोणले पनि चर्चित थियो । मककाको कावामा ईवादतको घर थियो । उक्त ईवादतको घरमा रहेको कालो प्रस्तरलाई पूजागर्ने विभिन्न ठाउँबाट मानिसहरु आउने गर्दथे । उक्त प्रस्तुत स्वर्गबाट आदमसँगै पृथ्वीमा ल्याइएको हो ।
त्यस समयमा अरबका मानिसहरु फरक फरक धार्मिक मुल्यमान्यता र मुर्तिमा विश्वास गर्दथे । मोहम्मद अरबका सबै मानिसहरुलाई एउटै धर्ममा समाहित गराउने विचार लिऐ । जुन समाजमा विधवालाई अपमान, घृणा, गालीदिने गर्दथे त्यो अरबको समाजमा मोहम्मदले विधवा स्त्री हजरते खादिजा सँग विहे गरे । उनले आफ्नो चालिस वर्षको उमेरमा एकमात्र ईश्वरको पुजागर्ने घोषण गरे जो निराकार हुन्छन् त्यसको आकार हुँदैन ।

अल्लाह नामक ईश्वरबाट प्राप्तभएको उक्त एक ईश्वरको पूजागर्ने सन्देश जिबरिल अलैहिसलाम मार्फत मोहम्मदलाई प्राप्त भएको हो । कुरान इस्लाम धर्मको सबै भन्दा पवित्र धार्मिक गू्रन्थ हो । यसमा अल्लाहले व्यक्त गरेका पवित्र धार्मिक बचनहरु जसलाई अल्लाहको सन्देशवाहक पैगम्बर मोहम्मदले प्रस्तुत गरेको हो ।पैगम्बर मोहम्मदले आफुलाई ईश्वरबाट (अल्लाह) एकपछि अर्को गरी विभिन्न सन्देश पठाएको भन्दै त्यसलाई जन समक्ष प्रस्तुत गरे । तर श्रुमा उनको सन्देश वा प्रवचन सुन्नेमा उनकी श्रीमति हजरते खादिजा, हजरते अली, मित्र अबुबकर सिद्धीक तथा हजरतै जैइद मात्र थिए । पछि गएर मुहम्मदको प्रवचन सन्ने उनको शिष्यको संख्या बढेर गए ।

पैगम्बर मोहम्मदको त्यस किसिमको गतिविधीले मक्काका धार्मिक नेताहरु र अन्य शासकहरु, क्रोधित बने । उनीहरुले मोहम्मदका अनुयायीहरुलाई दुःख, कष्ट र शारिीक र समाजिक यातना दिन थाले । त्यसै समयमा पैगम्ब्रु मोहम्मदलाई ६२२ इसा पूर्वमा पैगम्बर मोहम्मद सल्ललाहो अलैहे वसलम मदिना तर्फ लागे । यस घटनालाई इस्लाम धर्ममा (हिज्री) भनिन्छ । मदिनामा पेगम्बर मोहम्मदलाई भव्य स्वागत त्याहाका मानिसहरुले गरे ा

त्यहाँका वासिन्दाहरुले तुरुन्तै मुहम्मदको धर्मलाई स्वीकार गरे र मुहम्मदलाई दुःखदिएको निहुमा मकका माथि आक्रमण गरे । इसापूर्व ६१९ पैगम्बर मोहम्मदले मकका माथि पूर्ण विजय प्राप्त गरे । उनको शक्ति बढदै गयो । पैगम्बर मोहम्मदले आफ्नो जीवनको सम्पूर्ण लक्ष्य सामाजिक सुधार र व्यावहारिके धर्मको प्रचारमा केन्द्रित गरेका थिए । उनको एक अल्लाह अर्थात एक ईश्वरको अवधारण अगाडि सारेर मूर्ति पुजामा रोक लगाएका थिए ।

उनी पुर्ण जन्ममा विश्वास गर्दैन थिए । गरिब दुःखीलाई माया गर्नु, उदार भावना हुनु संसारका मानिसहरु सँग मित्रताको व्यवहार, गर्नु, आफ्नो छिमेकी र बन्धुबान्ध सँग राम्रो व्यवहार गर्नु, विवाह र सम्बन्ध विच्छेदका सम्बन्धमा सामाजिक न्याय अनुसार चल्नु देश प्रेमको भावना राख्नु आदि जस्तो सामाजिक उपदेश मूलक सन्देशहरु, पैगम्बर मोहम्मदले दिएका थिए । अपवित्र जनावरको मासु, रक्सी पिउने, ब्याजखाने ऋण दिने, धोकेबाजी गर्ने, मानिसले मानिसलाई किनबेच गर्ने वा गराउने, लोभ घमण्ड जस्ता कुराहरु गर्ने कार्यलाई पूर्ण रुपमा निषेध गर्नुपर्ने उपदेश पैगम्बरले दिएको थियो ।

उनले सबै मानिसलाई समान सम्झेर भेदभाव विहीन समाज र समानताको सिद्धान्तलाई प्राभमिकता दिएका थिए । कुरानमा अल्लाहबाट जिबरिल अलैहेसलाम मार्फत पैगम्बर मोहम्मदलाई पठाएको आयत अर्थात सलोगनलाई पैगम्बर मोहम्मदले आफनो अनुयायीलाई अल्लाहले पठाएका आयतहरुलाई पैगम्बर मोहम्मदले भन्थे र उनहिरु लेखने गरथे । पैगम्बर मोहम्मदले संसारमा ६३ वर्ष सम्म रहे । कुरान ३० पाराको हो अर्थात ३० पाठ ।

सम्बन्धित खबर