LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

जनकपुरधाम । मुस्लिम सामुदायका युवा नेता मोहम्मद अजिज राईन नेपाल संघिय समाजवादी पार्टीबाट धनुषा निर्वाचन क्षेत्र नम्बर ३ को क बाट चुनाव लड्ने भएका छन् ।
पहिलो मधेश आन्दोलनदेखि राजनीतिमा सक्रिय रहेका नेता राईनले पहिल्लो पटक प्रदेश सभाको निर्वाचनमा उम्मेदवारी दिन लागेका हुन् । मधेश प्रदेश गेष्ट हाउसका संचालक समेत रहेका नेता राईन समाजिक कार्यमा लामो समयदेखि सक्रिय रहदै आएका छन् । समाज सेवा तथा विभिन्न समाजिक कार्यमा रुची राख्ने युवा नेता राईनले भने,‘ म पहिलो पटक जनताको बीचमा जादै छु । मेलै विगतमा गरेको कार्यलाई मुल्याङ्गन गरेर निश्चत रुपमा जनताको माया पाउछु भने आशा र भरोसा छ ।’
‘म कुनै पदमा नभएर पनि विकास निर्माणदेखि आमजनताको पीडामा सँधै सहयोग गर्दै आएको छु, कुनै एक सामुदायको लागि नभएर हरेक सामुदाय वर्गको लागि काम गरेको छु, त्यसकारण आमजनताको मप्रति भरोसा र विश्वास छ,’उनले भने । आफुलाई मधेशवादी र राष्ट्रिय पार्टी भन्नेहरुले आमजनताको हक अधिकार भन्दा पनि सत्ता र शक्तिको राजनिति मात्रै गर्दै आएको नेता राईनले आरोप लगाए ।

 

सम्बन्धित खबर