LIVE
गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती | मधेश प्रदेश अगामी वर्षको बजेट सर्वसम्मत पारित | बजेट विवाद मिलाउन गठन भएको कार्यादलले दियो बुँदे सुझाव | मिटरब्याजपीडित र सरकारबीच निजगढमा पाँच घण्टा वार्ता,सहमतिविना पहिलो चरणको वार्ता सकियो | सिरहामा पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको दुःखद मृत्यु | सुकुम्बासीको अवस्था बुझ्न गएका अन्सारी पक्राउ, सरकारविरुद्ध चर्कियो विरोध | सरकारको सय दिनपछि बालेनलाई वाचा सम्झाउन फेरि सडकमा मिटरब्याज पीडित | धनुषा अस्पतालमा सुत्केरी गराउने क्रममा महिलाको मृत्यु, चिकित्सकको लापरवाही आरोपपछि अस्पताल तनावग्रस्त | सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ | पर्सा राष्ट्रिय निकुञ्जबाट १६६ केजी गाँजासहित दुई जना पक्राउ |

जनकपुरधाम । मुस्लिम सामुदायका युवा नेता मोहम्मद अजिज राईन नेपाल संघिय समाजवादी पार्टीबाट धनुषा निर्वाचन क्षेत्र नम्बर ३ को क बाट चुनाव लड्ने भएका छन् ।
पहिलो मधेश आन्दोलनदेखि राजनीतिमा सक्रिय रहेका नेता राईनले पहिल्लो पटक प्रदेश सभाको निर्वाचनमा उम्मेदवारी दिन लागेका हुन् । मधेश प्रदेश गेष्ट हाउसका संचालक समेत रहेका नेता राईन समाजिक कार्यमा लामो समयदेखि सक्रिय रहदै आएका छन् । समाज सेवा तथा विभिन्न समाजिक कार्यमा रुची राख्ने युवा नेता राईनले भने,‘ म पहिलो पटक जनताको बीचमा जादै छु । मेलै विगतमा गरेको कार्यलाई मुल्याङ्गन गरेर निश्चत रुपमा जनताको माया पाउछु भने आशा र भरोसा छ ।’
‘म कुनै पदमा नभएर पनि विकास निर्माणदेखि आमजनताको पीडामा सँधै सहयोग गर्दै आएको छु, कुनै एक सामुदायको लागि नभएर हरेक सामुदाय वर्गको लागि काम गरेको छु, त्यसकारण आमजनताको मप्रति भरोसा र विश्वास छ,’उनले भने । आफुलाई मधेशवादी र राष्ट्रिय पार्टी भन्नेहरुले आमजनताको हक अधिकार भन्दा पनि सत्ता र शक्तिको राजनिति मात्रै गर्दै आएको नेता राईनले आरोप लगाए ।

 

सम्बन्धित खबर