LIVE
सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न |

धनुषा ३ (ख) मा तमलोपाबाट असगर अलीको उम्मेदवारी दर्ता
धनुषा ३ : उमेश साह र मिलन कुमारी साहको स्वतन्त्र उम्मेदवारी दर्ता, नेमकिपाबाट रामहृदय साहको उम्मेदवारी

जनकपुरधाम, २३ असोज । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका लागि नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष उमेश साहले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाल समाजवादी पार्टीका नेतासमेत रहेका साहले जनकपुरधामस्थित निर्वाचन क्षेत्र नम्बर ३ को मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् ।

बाजागाजासहित साहले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । पार्टीभित्र नातावाद, कृपावाद तथा परिवारवादको अन्त्यका लागि आफ्नो उम्मेदवारी रहेको साहले बताए ।

उम्मेदवारी दर्ता गराउँदै साहले भने, ‘राजनीतिक दलबाट जनताको विश्वास उठिसकेको छ । जनताको भावना अनुसार जनताको कार्य गर्नकालागि आफ्नो उम्मेदवारी रहेको छ ।’

यस्तै धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाटै प्रतिनिधि सभामा मिलन कुमारी साहले स्वतन्त्र उम्मेदवारी दिएकी छन् भने नेमकिपाबाट रामहृदय साहले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै, प्रदेश सभातर्फ धनुषा ३ (ख) मा तराई मधेस लोकतान्त्रिक पार्टीबाट जनकपुरधाम उपमहानगरपालिकाका पूर्वउपमेयर असगर अलीले समेत उम्मेदवारी दर्ता गराएका छन् ।

सम्बन्धित खबर