LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

पार्टीले टिकट नदिएपछि जनता समाजवादी पार्टीका मधेस प्रदेश उपाध्यक्ष शेषनारायण यादवले पार्टी परित्याग गरी कांग्रेसबाट उम्मेदवारी दिएका छन् ।
उनी धनुषा क्षेत्र नम्बर ५ को (क) बाट प्रदेशसभाको टिकटको आकांक्षी रहेका थिए । तर, सो क्षेत्रमा पार्टी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवलाई टिकट दिएपछि उपाध्यक्ष यादवले पार्टी छाडेको घोषणा गरेका हुन् ।

सो क्षेत्रबाट कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव प्रतिनिधिसभामा उम्मेदवारी दिँदैछन् । पार्टीले नागरिकता विधेयकको विरोध गरेको तथा प्रतिगमनकारी शक्तिसँग पार्टी अध्यक्षले हात मिलाएकाले आफूले पार्टी छोडेको नेता यादवले शिलापत्रसँगको कुराकानीमा बताए ।

सम्बन्धित खबर