LIVE
मधेशबाट झण्डै ८९हजार विद्यार्थी एसईई दिदै | मधेश प्रदेश सरकारद्वारा एसईई परीक्षा वहिस्कार | प्रहरीले चलाएको गोलिको लागेर धनुषामा एक युवक गम्भिर घाइते | यस वर्षको ‘महामुर्ख’को उपाधि मधेश प्रदेशका मुख्यमन्त्री सिंहलाई | होली पर्वको अवसरमा धनुषाको सुरक्षा र ट्राफिक व्यवस्था कडा | अन्तगृह परिक्रमा सम्पन्न, मुस्लिम नागरिक समाजद्वारा परिक्रमावासी चुरा र मिठा वित्तरण | महोत्तरी मलपोतका खरिदार अख्तियारको फान्दामा | मधेश प्रदेशका गृहमन्त्री लेखिको सुरक्षामा खटेका असई यादवको मृत्यु | अवैध रुपमा संचालित प्रदेशका ५८ वटा अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन | श्रममन्त्रीको पहलमा महोत्तरीमा व्यवसायिक प्रशिक्षण केन्द्रको स्थापना हुँदै |

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिल झा रौतहट छोडर धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधी सभामा उम्मेदवारी दिएका छन् ।सत्तारुढ गठबन्धनबीच दल भागभण्डामा धनुषा क्षेत्र नम्बर ३ परेको चर्चा चलेको थियो । तर अन्तिम समयमा सत्तारुढ गठबन्धन दलमा लोसपा सहभागि भएपछि उक्त क्षेत्र लोसपालाई दिईएको हो । नेता झा रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट विगतमा चुनाव लड्दै आएका थिए ।

४ मंसिरमा सत्तारुढ गठबन्धनमा सो क्षेत्र नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल उम्मेदवारी दिएपछि नेता झा धनुषा सरेका हुन् । काँग्रेसले सो क्षेत्रमा परमेश्वर महासेठलाई टिकट दिने चर्चा चलेको थियो ।२०७४ सालको निर्वाचनमा धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधी सभामा नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीलाई पराजित गर्दै लोसपाका वरिष्ठ नेता चुनाव जितेका थिए । सुरुमा नेता निधी महतोको लागि यो क्षेत्र छाडेका थिए । तर महतोले आफ्ना गृह जिल्लाकै पुरानो क्षेत्र नम्बर २ बाटै उम्मेदवारी दिने भएपछि लोसपाले धनुषा ३ मा नेता झा लाई उम्मेदवार खडा गरेका हुन् ।

 

सम्बन्धित खबर