LIVE
ई–रिक्सा चालकको लाइसेन्स प्रक्रियामा सवलिकरण ल्याउन माग | मधेशका जिल्लाहरुमा चैती पर्व मनाईदै | मुख्यमन्त्री यादवद्वारा सय दिनको उपलब्धी सार्वजनिक | मधेश प्रदेशका झण्डै ९१ प्रतिशत उम्मेदवारको जमानत जफत | सिराहामा कानुन व्यवसायीको फर्ममा विस्फोट | मधेशमा मुद्दा होइन, भरोसा बदलियो : किन कमजोर भए मधेशवादी दल र कसरी उदायो रास्वपा ? | महोत्तरीको सोनमा–२ मा भव्य महावीर झण्डा मेला सुरु, महिला कुस्तीदेखि सांस्कृतिक कार्यक्रमसम्म आकर्षण | अन्ततः धनुषा–१ मा नेकपा उम्मेदवार यादवलाई प्रमाणपत्र | घण्टीको दवावमा परिणाम घोषणा ढिलाइ भईरहेको मातृका यादवको आरोप | मधेशमा बहुआयामिक सुरक्षा चुनौती बीच विहिवार मतदान |

सर्लाहीमा मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको हो ।सोमबार साँझ करिब साढे ७ बजेको समयमा हरिपुर्वा नगरपालिका ९ खिला टोल स्थित भित्रि सडक खण्डमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा स्थानीय बेचन राय यादवका १४ वर्षीय छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएका हुन ।श्रीनगरबाट खिला टोलतर्फ जाँदै गरेको प्रदेश २–०२–००३प ३४९४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा बेचन राय यादबको टाउको, हात खुट्टामा चोट लागेको छ भने उनको अवस्था मध्यम रहेको हो ।यस्तै पछाडि सवार उनका छोराको टाउको र ढाडमा चोटलागेकोमा दुबै जनालाई उपचारको लागी बिराटनगर न्यूरो तर्फ पठाईएकोमा रितेशको मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बिजय यादवले बताए ।यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

सम्बन्धित खबर