LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

वीरगञ्ज, ।भंसार छलिको सामान बोकेको आशंकामा सशस्त्र प्रहरीले वीरगञ्जबाट तीन वटा ट्रक नियन्त्रणमा लिएको हो। सशस्त्र प्रहरीले ना ३ ख १००९, ना ६ ख ७१ र ना ६ ख १८७८ नम्बरको ट्रक नियन्त्रणमा लिएको छ ।बोर्डर आउटपोष्ट ड्राईपोर्ट र सिर्सियाबाट खटिएको सशस्त्र प्रहरी टोलीले सोमबार राति साढे ११ बजे वीरगञ्ज–२४ रामगढवाबाट सामान सहितका ती ट्रकहरुलाई नियन्त्रणमा लिएको थियो ।बिलमा उल्लेख भएको भन्दा बढी कस्मेटीक, लेडिज जुत्ता, स्टेसनरी तथा ईलेक्ट्रिक सामान लोड गरिएको तीन वटा ट्रक नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल १३ नं हेड क्वाटरले जनाएको हो ।सशस्त्र प्रहरीले बरामद भएका सामानको मुल्य २३ लाख ४८ हजार ८ सय ५८ रुपैयाँ मुल्यांकन गरेको छ भने तीन वटा ट्रकको मुल्य ९० लाख पर्ने अनुमान गरिएको हो ।तीन वटा ट्रक सहित १ करोड १३ लाख ४८ हजार ८ सय ५८ मुल्य बराबरको सामान आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको सशस्त्र प्रहरीले बताएका छन ।

सम्बन्धित खबर