LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

वीरगञ्ज, ।भंसार छलिको सामान बोकेको आशंकामा सशस्त्र प्रहरीले वीरगञ्जबाट तीन वटा ट्रक नियन्त्रणमा लिएको हो। सशस्त्र प्रहरीले ना ३ ख १००९, ना ६ ख ७१ र ना ६ ख १८७८ नम्बरको ट्रक नियन्त्रणमा लिएको छ ।बोर्डर आउटपोष्ट ड्राईपोर्ट र सिर्सियाबाट खटिएको सशस्त्र प्रहरी टोलीले सोमबार राति साढे ११ बजे वीरगञ्ज–२४ रामगढवाबाट सामान सहितका ती ट्रकहरुलाई नियन्त्रणमा लिएको थियो ।बिलमा उल्लेख भएको भन्दा बढी कस्मेटीक, लेडिज जुत्ता, स्टेसनरी तथा ईलेक्ट्रिक सामान लोड गरिएको तीन वटा ट्रक नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल १३ नं हेड क्वाटरले जनाएको हो ।सशस्त्र प्रहरीले बरामद भएका सामानको मुल्य २३ लाख ४८ हजार ८ सय ५८ रुपैयाँ मुल्यांकन गरेको छ भने तीन वटा ट्रकको मुल्य ९० लाख पर्ने अनुमान गरिएको हो ।तीन वटा ट्रक सहित १ करोड १३ लाख ४८ हजार ८ सय ५८ मुल्य बराबरको सामान आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको सशस्त्र प्रहरीले बताएका छन ।

सम्बन्धित खबर