LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

जनकपुरधाम । १० औ अन्तराष्ट्रिय बालिका दिवस धनुषामा धुमधामका साथ मनाईएको छ ।
म्धेश प्रदेश सरकारको महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालय, युएनएफपिएको सहयोग तथा लाईफ नेपालको तत्वधानमा आयोगना गरिएको अन्तराष्ट्रिय दिवसमा अवसरमा बालिका चित्रकाला प्रतियोगिताको आयोजना गरिएको छ । ‘ अव हाम्रो पालो ः हाम्रो अधिकार, हाम्रो भविष्य’ विषयमा बालिका चित्रकाला प्रतियोगितामा धनुषाका विभिन्न २० वटा विद्यालयका २२ जना छात्रा सहभागि भएका थिए ।
प्रतियोगितामा उत्कृष्ट हुने ४ जनालाई पुरस्कार समेत वित्तरण गरिएको छ । प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने जनकपुर संकटमोचन उच्च माविका छात्रा सविता मण्डललाई २ हजार ५ सय सहित प्रशंसा पत्र प्रदान गरिएको छ । त्यसैगरि, दोस्रो हुनेमा जनकपुर ज्ञानकुप माविका साक्षी झा, मावि सोहनीका लक्ष्मी यादवले तेस्रो स्थान प्राप्त गरेकी थिईन ।
कार्यक्रममा युएनएफपिएका काशी पोखेलले बालिकाहरुले बनाएको चित्रलाई प्रशंसा गदै चित्रका माध्यमले बालिकाहरुले आफ्नो प्रतिभा प्रदर्शन गरेको बताए ।
कार्यक्रममा अध्यक्षता गरेका तथा लाईफ नेपालका अध्यक्ष सुरैत ठाकुरले १० औ बालिका अन्तराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरि बनाईएको बताए । अध्यक्ष ठाकुरले बालिका दिवसको अवसरमा आत्मरक्षा तालिम तथा चित्रकाला प्रतियोगिता कार्यक्रम गरिएको बताए । चित्रकाला प्रतियोगितामा बालिकाहरुले चित्रका माध्यले आ आफ्ना प्रतिभा व्यक्त गरेको बताए ।

सम्बन्धित खबर