
महोत्तरी । तराई मधेश लोकतान्त्रिक पार्टीले चुनाव प्रसार प्रसारलाई तिव्र बनाउन महोत्तरको परौल बजारमा सम्र्पक कार्यालय स्थापना गरिएको छ ।
महोत्तरी निर्वाचन क्षेत्र २ को चुनावलाई लक्ष्ति गरि स्थापना गरिएको उक्त कार्यालयका तमलोपाका वरिष्ठ नेता तथा सो क्षेत्रमा प्रतिनिधी सभा सदस्यमा उम्मेदवारी दिएका डा.विजय सिंह, प्रदेश सभा सदस्यका लागि क्षेत्र २ को ‘क’उम्मेदवारी दिएका मोहम्मद ईदशीस राईन र २ को ‘ख’ उम्मेदवारी दिएका रामकृपाल साहले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । सो क्षेत्रमा तमलोपाले चुनावी प्रसार प्रसारलाई तिव्र बनाएको छ ।
कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै डा.सिंहले मधेशवादी दलहरु जसपा र लोसपासहितले मधेश मुद्दालाई छोडेर सत्ता स्र्वाथमा लागेको आरोप लगाए । तमलोपा प्रति आमजनताको आकर्षढा बढेको उनले बताए ।