LIVE
मेयर र उपमेयर बीचको विवादको कारण क्षिरेश्वरनाथ नपाको विकास प्रभावित | धनुषाबाट हजका लागि सउदी अरब जान लागेका हज यात्रीलाई विदाई तथा सम्मान | महोत्तरीे भंगाहाकी एक किशोरीलाई विहेको प्रलोभन देखाई जबरजस्ती करणी गरेको आरोप | भारत–पाकिस्तान बीचको तनावले सिमावर्ती क्षेत्रमा उच्च सतर्कता, आवतजावतमा कडाई | रंगशालाको जग्गाको भाडा बढाएपछि जनप्रतिनधीले गरे मुख्यमन्त्री सिंहसँग गुनासो | केही सञ्चारमाध्यममा आएको समाचार झुठो रहेको भन्दै जनमतको अधिकारिक स्पष्टीकरण | झडपका कारण एमाले धनुषा अधिवेशन अनिश्चित | एमाले धनुषाको नयाँ नेतृत्वको लागि आज निर्वाचन हुँदै, अध्यक्षमा भोला र लक्ष्मीनारायण बीच प्रतिस्पर्धा | मधेश प्रदेशमा आज सार्वजनिक विदा | नेकपा एसले मुख्यमन्त्री सिंहलाई ५२ बुँदे ज्ञापनपत्र बुझाए |

पर्यावरण अभियन्ता दिलीप महतोको हत्या भएको औरही खोलामा जनप्रतिनिधिकै संरक्षणमा अवैध उत्खनन हुने गरेको पाइएको छ । अबैध रुपमा ग्राभेल, बालुवा तथा ढुंग्ग उत्खन्न गरी विक्रि वितरण गर्दै आएको उपकरणलाई कारबाही नै नगरी छाडेपछि सो रहस्य खुलेको हो ।
असोज १२ गते नगरपालिकाका मेयर महेन्द्र महतोको नेतृत्वमा अनुगमन टोलिले अवैध उत्खनन भइरहेको अवस्थामा औरही खोलाबाट ना १ क ४४४७ नम्बरको जेसीवी १ थान, प्रदेश नं.२—०३—००१ क १९७६ नम्बरको टिपर १ थान, प्र.०३—००१त ७३२३ र प्र.०३—००१त ७३२४ नम्बरको ट्रयाक्टर २ थान नियन्त्रणमा लियो । सो उपकरणहरु इलाका प्रहरी कार्यालयलाई जिम्मा लगायो । मेयर महतो स्वास्थ्य परिक्षणका लागि भारतको दिल्ली पुगेपछि उपमेयर बुढाथोकीले कार्यालयको पत्र काट्दै जरिवाना नै नगरी उपकरण छोडेकि छन् ।
कारवाहीको लागि नियन्त्रणमा लिईएका सवारीसाधनलाई आवश्यक जरिवाना समेत नलिई छोडिएको नगरपालिका कार्यालयले जनाएको छ । क्रसर माफिया संगको मिलोमतोमा उपमेयर बुढाथोकीले अवैध उत्खन्नलाई छुट दिएको कार्यालयकै एक कर्मचारीको दावी छ ।
उपमेर बुढाथोकीले पत्र काट्दै उक्त सवारीसाधन नगरकार्यपालिकाका दसस्य विशेश्वर साह हलुवाईको जिम्मा लगाउन भनेकि छन् । तर सो उपकरण उत्खनन गर्नेले लगेको स्थानीयले बताएका छन् ।खोला तथा चुरे क्षेत्रमा डोजर लगाउँदा ठाउँठाउँमा गहिरो भंगालो बनाएको छ ।
नदीजन्य ठाउँ र वरपरबाट बालुवा, ग्राभेल उत्खन्न, प्रशोधन गर्न नपाइने कानुनी व्यवस्था छ । खोलाको प्राकृतिक बहावको दायाँबायाँ तीन सय मिटर उत्खनन गर्न नपाइने व्यवस्था छ । अवैध उत्खन्न सम्बन्धमा उपमेयर बुढाथोकीले केही बोल्न मानिन् ।
सो ही खोलामा तीन वर्ष अघि अवैध उत्खन्न रोकाउन पुगेका मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षीय दिलीप महतोको हत्या गरिएको थियो ।

सम्बन्धित खबर