LIVE
गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती | मधेश प्रदेश अगामी वर्षको बजेट सर्वसम्मत पारित | बजेट विवाद मिलाउन गठन भएको कार्यादलले दियो बुँदे सुझाव | मिटरब्याजपीडित र सरकारबीच निजगढमा पाँच घण्टा वार्ता,सहमतिविना पहिलो चरणको वार्ता सकियो | सिरहामा पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको दुःखद मृत्यु | सुकुम्बासीको अवस्था बुझ्न गएका अन्सारी पक्राउ, सरकारविरुद्ध चर्कियो विरोध | सरकारको सय दिनपछि बालेनलाई वाचा सम्झाउन फेरि सडकमा मिटरब्याज पीडित | धनुषा अस्पतालमा सुत्केरी गराउने क्रममा महिलाको मृत्यु, चिकित्सकको लापरवाही आरोपपछि अस्पताल तनावग्रस्त | सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ | पर्सा राष्ट्रिय निकुञ्जबाट १६६ केजी गाँजासहित दुई जना पक्राउ |

चीनको व्यपारिक केन्द्र सांघाईमा कोरोनाका बिरामी बढेसँगै स्कुल, कलेज, शपिङ मल लगायतका ठाउँहरु बन्द गरिएको छ । मिडिया रिपोर्टका अनुसार सांघाईमा गत बुधबार मात्र कोरोनाका ४७ जना नयाँ बिरामी थपिएका छन् ।
जुन पछिल्लो तिन महिना यताकै सबै भन्दा बढी रहेको जनाइएको छ । संक्रमित मध्ये दुई जना बाहेकलाई हाल क्वारेनटाइनमा राखिएको छ । कोरोना (केस)मा बढोत्तरी देखिएसँगै कम्युनिटी ट्रान्समिसनले सांघाईका १६ मध्ये पाँच जिल्लाहरुमा लकडाउनको घोषणा गरेको हो ।
हाल लकडाउन घोषणा गरिएका जिल्ला मध्य सांघाईको पुडोग जिल्ला पनि समावेश छ , यही जिल्लामा सर्वप्रथम कोरोना संक्रमणको सुरुवात भएको थियो ।
अझै कोरोनाको चपेटामा चीनविश्वका अधिकांस देशहरु हाल कोरोना महामारीको संक्रमणका कारण जारी बन्दाबन्दीलाई हटाउँदै गइरहेको अवस्थामा चीन भने हालसम्म कोरोना महामारीको चपेटा उन्मुक्त हुन सकिरहेको अवस्था छैन ।
चीनले अझै पनि ‘शुन्य कोभिड नीति’ लाई कडाईका साथ लागू गर्दै आएको अवस्था छ । गत सोमबाटदेखि उत्तरी चीनको फेनयाङ सहरमा पनि लकडाउनको घोषणा गरिएको थियो ।
यस्तै अर्को सहर होहोटमा कोरोनाका कारण बाहिरबाट आउने मानिस र सवारी साधनलाई रोक लगाइएको छ । यति मात्र नभएर चीनमा पार्क, अफिस, पसल र सार्वजनिक स्थानमा प्रवेश गर्दा ७२ घण्टाभित्रको कोभिड नेगेटिभ रिपोर्ट देखाउनु अनिवार्य गरिएको छ ।

सम्बन्धित खबर