LIVE
सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न |

कुनै समय पूर्वी धनुषाकाे उत्कृष्ट विद्यालयमा पर्ने शहीदनगर नगरपालिका–७ स्थित सूर्यनारायण सिंह नेबैतलाल अरगडिया रामलाल भुडेर ( एसएनआर) जनता माध्यमिक विद्यालयकाे अवस्था अहिले जीर्ण र अस्तव्यस्त बनेको छ ।
२०१९ सालमै स्थापना भएको याे विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिको लापर्वाहीले विद्यालयकाे भौतिक पूर्वाधारमा मात्रै नभएर पठनपानठको अवस्था पनि दिनदिनै दयनीय बन्दै गएको छ ।बालदेखि १२ कक्षासम्म पठनपाठन हुने विद्यालयमा आउने विकास निर्माणको बजेट तथा अनुदानहरूमा व्यापक आर्थिक अनियमितता हुने गरेको आराेप छ । प्रधानाध्यापक श्रीप्रसाद गोहिवारले विकास निर्माणको बजेट तथा विद्यार्थीहरूका लागि आउने अनुदानमा व्यापक आर्थिक अनियमिमता गरेको विद्यार्थी तथा स्थानीयवासीले आरोप लगाएका छन् । भौतिक पूर्वाधारको अभावमा एउटै बेन्चमा पाँच जनासम्म विद्यार्थी बसेर पढ्न बाध्य छन् ।
सरकारले दलित, जेहेनदार विद्यार्थीहरूलाई छात्रवृति वितरण गर्न उपलब्ध गराउने रकम प्रअ यादवले नक्कली बिल बनाएर अनियमितता गर्ने गरेको आरोप लागेकाे छ । विद्यार्थीहरूले पछिल्लो दुई वर्षदेखि आफूहरूले कुनै छात्रवृतिको रकम वा कुनै प्रकारको सहयोग नपाएको बताएका छन् । कक्षा ८ मा अध्ययनरत एक विद्यार्थीले आफूले कुनै प्रकारको छात्रवृति नपाएको बताइन् । उनले भनिन्, ‘विद्यालयको स्टोर रुममा छात्राहरूका लागि प्याडहरू राखिएको छ । तर हामीले माग्दा दिँदैनन् ।’
सरकारी विद्यालयमा पनि वार्षिक शुल्क सरकारले सामुदायिक विद्यालयमा पठनपाठन निःशुल्क गरेको छ । तर विद्यालयले विभिन्न शीर्षकमा विद्यार्थीहरूसँग वार्षिक रूपमा शुल्क असुल गर्दै आएको विद्यार्थीहरूको भनाइ छ । विद्यालयले बिजुली, खानेपानी, खेलकुद, पुस्तकालय, विज्ञान प्रयोगशाला, परीक्षा शुल्क, आवेदन शुल्क लगायतका शीर्षकबाट प्रतिविद्यार्थी पाँच सयभन्दा बढी रकम वार्षिक रूपमा लिँदै आएको छ । तर विद्यालयले शुल्क लिए पनि ती सेवा सुविधा उपलब्ध नरहेको विद्यार्थीहरूको भनाइ छ ।
विद्यालयले बिजुलीको नाममा वार्षिक प्रतिविद्यार्थी ६० रुपैयाँको दरले रकम असुल्दै आएको छ । तर कक्षा कोठामा विद्युत जडान गरिएको छैन । विद्यार्थी चर्को गर्मीमा जस्ता ओत भएको काेठामा पठनपाठन गर्न बाध्य छन् । ‘गर्मीमा हामीलाई पढ्न धेरै कठिनाइ हुन्छ,’ आठ कक्षामै अध्ययनरत अर्की विद्यार्थीले भनिन्, ‘हामीसँग विद्यालयले विद्युत शुल्कको नाउँमा वार्षिक ६० रुपैयाँ लिन्छ । तर न कक्षाकोठामा लाइटको व्यवस्था छ न पंखा नै लगाएको छ ।’
विद्यालयले खेलकुदको नाममा प्रतिविद्यार्थी वार्षिक ३५ रुपैयाँ लिने गरेको छ । तर विद्यालयले खेल मैदान स्थानीय एक व्यक्तिलाई घाँसका लागि वार्षिक ३५ हजारमा ठेक्कामा दिएको छ ।विद्यालयको आन्तरिक आम्दनीमा प्रअ गोहिवारको रजाइँ दाताहरूले बनाइदिएको उक्त विद्यालयसँग २५ विघा उब्जाउ जमिन रहेको छ । त्यसबाट आउने आम्दानीको कुनै हिसाबकिताब हुँदैन । लेखापाल नथुनी यादव भन्छन्, ‘विद्यालयसँग २५ विघा जमिन छ । तर सबै आम्दानी विद्यालयमा आउँदैन । १२ विघा जमिनको आम्दानी मात्रै वार्षिक ४०/५० हजार जति आउँछ । बाँकी जमिनको आम्दानी मलाई थाहा छैन् ।’
विद्यालयमा आन्तरिक आम्दानीको व्यापक श्रोत भए पनि प्रअ गोहिवारले त्यसमा पारदर्शिता देखाएका छैनन् । करिब डेढ वर्षअघि तत्कालीन मेयर उदय बरबरियाले विद्यालयको ८० लाखभन्दा धेरै रकम प्रअ गोहिवारले हिनामिना गरेको भन्दै जिम्मेवारीबाट हटाएका थिए । तर आर्थिक र राजनीतिक चलखेलमा गोहिवारले पुनः प्रअको जिम्मेवारी पाएको सो विद्यालयका एक शिक्षकले नाम नबताउने सर्तमा भने ।
यता, प्रअ गोहिवार लामो समयदेखि विद्यालयमा अनुपस्थित रहेका छन् । विद्यालयका निमित्त प्रअ राजेशप्रसाद यादवले गोहिवार बिरामी भएको कारण विद्यालयमा अनुपस्थित हुने गरेको बताए । उनलाई फोनमा पटक पटक सम्पर्क गर्दा पनि कुरा हुन सकेन । तर सोही विद्यालयका एक शिक्षकका अनुसार प्रअ गोहिवारलाई एक मुद्दामा प्रहरीले वारेन्टमा राखेपछि उनी फरार भएका छन् । इलाका प्रहरी कार्यालय यदुकोहाका प्रहरी निरीक्षक हरिविष्णु ढकालले ठगी मुद्दामा फरार रहेको बताए । उनका अनुसार अदालतले गाेहिवारलाई पक्राउ गर्न अनुमति दिइसकेकाे छ ।

सम्बन्धित खबर