LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत स्थानीय तहको निर्वाचनको मतपरिणाम देखेर आफूले गोरखामा उम्मेदवारी दिएको बताएका हुन ।शुक्रबार गोरखाको पाटेचौर स्थित पार्टी कार्यालयमा आयोजित निर्वाचन केन्द्रित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले स्थानीय तह निर्वाचनमा गोरखाका अधिकांश पालिका माओवादीले जितेका कारण पनि आफू गोरखा आउने वातावरण बनेको बताएका छन ।

गत स्थानीय तह निर्वाचनको ब्याटलमा तपाईंहरुले जस्तो परिणाम निकाल्नुभयो, म गोरखा आउनुमा एउटा कारण त्यो पनि हो’, उनले कार्यकर्तालाई सम्बोधन गर्दै भने, ‘तपाईंहरु सबै चुनाव हारेको भए म यहाँ आउने वातावरण बन्थ्यो कि बन्दैन्थ्यो पालिका हारेको ठाउँमा अध्यक्ष के आउने भन्ने पथ्यो कि परिस्थितिको सुक्ष्म अध्ययन गरेर हेडक्वार्टरको विशेष टिमले गोरखा जान उपयुक्त छ भनेपछि आफू गोरखा आएको प्रचण्डले बताए । ‘

विशेष गरी हाम्रो उपाध्यक्ष कम्रेड नारायणकाजी श्रेष्ठ र म बसेर छलफल गर्दा गोरखा जानु नै ठीक छ, रुपान्तरणको निम्ति नयाँ आधार खडा गर्न सकिन्छ भन्ने लाग्यो, गोरखा जानुपर्छ भनेर नेतृत्व तहले पनि भन्यो, तपाईंहरुले पनि आइदिनुपर्‍यो भन्नुभयो सबै तालमेल मिलेको हो’, प्रचण्डले बताए ।पहिले गोरखा–१ बाट नाम सिफारिस भए पनि निर्वाचन क्षेत्र नम्वर २ बाट उम्मेदवारी दिएको उनले बताए ।

गोरखा आउनुपर्‍यो भनेर सबैभन्दा पहिले गोरखा–१ बाट सिफारिस आएको हो, १ नम्बरका साथीहरुले बढी भन्नुभएको मैले सम्झिरहेको छु, तर पछि विविध कारणले २ नम्बरमा अलि सजिलो हुन्छ भनेर कमरेडहरुले भनेपछि म २ मा आएको हुँ, तर मलाई १ वा २ नम्बरमा नसोचेर समग्र गोरखा जिल्लामा आएको सम्झिदिनुहोला’ उनले भने ।

सम्बन्धित खबर