
विराटनगर, ।सिरहाबाट अपहरणमा परेका एक युवकको शव विराटनगरको एक होटलमा फेला परेको हो ।विराटनगर बसपार्कमा रहेको न्यू अप्सरा गेष्ट हाउसमा शुक्रबार दिउँसो युवकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक शन्तिराज कोइरालाले बताएका छन
।सिरहाका १८ वर्षीय युवक अंशु सदाको शव फेला परेको छ । प्रहरी उपरीक्षक कोइरालाले असोज २६ गते होटलमा इन्ट्री भएको देखिएको र सिरहाबाट अपहरण गरेको कुरा आएको बताएको छ। प्रहरीले युवकको हत्यामा संलग्न भएको आशंकामा ३ जनालाई नियन्त्रणमा लिएको हो ।यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले भने ।