LIVE
समावेशी नेतृत्वतर्फ लोसपा ः नेता राईन सह–महासचिवमा मनोनित | राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता |

पवित्र एतिहासिक स्थल जनकपुरधाम जहाँ सीताजीको जन्म भएको त्यो ठाउँबाट पवित्र मनका साथ देशमा लागेका ग्रहणलाई हटाउँन निमित धनुष क्षेत्र न.३ बाट पाँचदलिय गठबन्धनका उम्मेदवार भई चुनाव लडन आएको लोसपाका कार्यकारणी सदस्य अनिल कुमार झाले शनिवार आयोजना  गरिएको नगर स्तरीय कार्यकर्ता भेलामामा यसो भनेका हुन । गठबन्धनका साथीले गठबन्धनको सम्मान गरि देशका सबै गठबन्धनका नेताका विचार र लक्ष्यको सम्मान गर्ने बेला रहेको उनले बताए ।

लोसपाका पार्टी केही नेताले संगठन विपरित कार्य गरेकाले उनीहरुलाई पाटीले कार्यवाही गरि बाहिर निकालिएको उनले बताए । शेरबहादुर देवलाई प्रधानमंन्त्री बनाउँन निमित गठबन्धनलाई वोट दिन जरुरी रहेको उनले बताए । गन्तन्त्रका लागी नेपाली काग्रेसले दिएको बलिदान र हाल गठबन्धनका विचारले देशलाई दुर्घटनाबाट जोगाउँन आजको प्रस्थिती रहेको नेपाली काँग्रस क्षेत्र न.३ क बाट उम्मेदवार रामसरोज यादवले भनेका छन ।

१ अर्ब हिन्दुहरुको अस्थाको केन्द्र रहेको जनकपुरधाममा एमाले र जसपाको गठबन्धनले सहीदहरुको अपमान गरि देशलाई बिनासको बाटोमा लैजाने राजनितिक गरिरहेको उनले बताए । आपसी एकताले गठबन्धन बलियो हुन्छ , अनिल कुमार झा हामी सबैको साझा उम्मेदवार हो उनलाई जिताउनु हाम्रो दायित्व रहेको धनुषा क्षेत्र न. ३ ख बाट उम्मेदवार प्रमेश्वर साहले बताएका छन ।

विपक्षी पैसाले उत्तम होला तर हामी गठबन्धका नेता कार्यकर्ता जनताको सामु राम्रो विचार राखेर जान्छौ उनले बताए । कार्यक्रममा लोसपा नेपालका नगर अध्यक्ष मनोज कुमार चौधरी, नेपाली काँग्रेसका नेता जिवनाथ चौधरी , नेका पूर्व हज कमिटी अध्यक्ष मो. सोएब रेजा नेकपा एसका नेता शेष हसन, मओवादी नेता महनजी यादव लगायतका नेताहरु उपस्थित रहेका थिए ।

सम्बन्धित खबर