LIVE
मेयर र उपमेयर बीचको विवादको कारण क्षिरेश्वरनाथ नपाको विकास प्रभावित | धनुषाबाट हजका लागि सउदी अरब जान लागेका हज यात्रीलाई विदाई तथा सम्मान | महोत्तरीे भंगाहाकी एक किशोरीलाई विहेको प्रलोभन देखाई जबरजस्ती करणी गरेको आरोप | भारत–पाकिस्तान बीचको तनावले सिमावर्ती क्षेत्रमा उच्च सतर्कता, आवतजावतमा कडाई | रंगशालाको जग्गाको भाडा बढाएपछि जनप्रतिनधीले गरे मुख्यमन्त्री सिंहसँग गुनासो | केही सञ्चारमाध्यममा आएको समाचार झुठो रहेको भन्दै जनमतको अधिकारिक स्पष्टीकरण | झडपका कारण एमाले धनुषा अधिवेशन अनिश्चित | एमाले धनुषाको नयाँ नेतृत्वको लागि आज निर्वाचन हुँदै, अध्यक्षमा भोला र लक्ष्मीनारायण बीच प्रतिस्पर्धा | मधेश प्रदेशमा आज सार्वजनिक विदा | नेकपा एसले मुख्यमन्त्री सिंहलाई ५२ बुँदे ज्ञापनपत्र बुझाए |

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले चाड पर्व तथा निर्वाचनलाई लक्षित गरि प्रदेशको सुरक्षा व्यवस्था कडा पार्न प्रहरीलाई निर्देशन दिएका छन् ।
६७ औ प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले चाडपर्वमा सुरक्षा व्यवस्था चुस्त पार्न तथा निर्वाचनलाई भयरहित सम्पन्न हुने गरि सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन निर्देशन दिएका हुन् । निर्वाचन लोकतन्त्रको गहना भएको बताउदै मुख्यमन्त्री राउतले भने,‘ निर्वाचन भयरहित र शान्तिपुर्ण वातावरणमा हुनुपर्छ । आमजनताले बिना कुनै दवाव, प्रभावमा आफुले मनपर्नेमा व्यक्ति, पार्टीलाई मतदान गर्न पाउनुपर्छ ।

यसका लागि आवश्यक वतावरण बनाउन प्रहरी प्रशासनको भुमिका महत्वपुर्ण हुन्छ ।’
नेपाल प्रहरीको गौरवशालि ईतिहास रहेको छ, मुख्यमन्त्री राउतले भने,‘ प्रहरी निर्वाचनमा कुनै पार्टी वा व्यक्ति विशेषको अधारमा कान गर्नु हुदैनन् ।प्रहरी सबैको यो बुझेर निर्वाचनमा प्रहरीले आफ्नो भुमिका प्रदर्शन गनुपर्ने मुख्यमन्त्री राउतले जोड दिए । मधेश प्रदेशका प्रहरी प्रमुख डिआजी मसउद खान आलमको अध्यक्षततामा सम्पन्न कार्यक्रममा मधेश प्रदेशका गृह तथा संचारमन्त्री भरत प्रसाद साह, राज्यमन्त्री रुवि कुमारी कर्ण, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहसहितको रहेको थियो ।

सम्बन्धित खबर