LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले चाड पर्व तथा निर्वाचनलाई लक्षित गरि प्रदेशको सुरक्षा व्यवस्था कडा पार्न प्रहरीलाई निर्देशन दिएका छन् ।
६७ औ प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले चाडपर्वमा सुरक्षा व्यवस्था चुस्त पार्न तथा निर्वाचनलाई भयरहित सम्पन्न हुने गरि सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन निर्देशन दिएका हुन् । निर्वाचन लोकतन्त्रको गहना भएको बताउदै मुख्यमन्त्री राउतले भने,‘ निर्वाचन भयरहित र शान्तिपुर्ण वातावरणमा हुनुपर्छ । आमजनताले बिना कुनै दवाव, प्रभावमा आफुले मनपर्नेमा व्यक्ति, पार्टीलाई मतदान गर्न पाउनुपर्छ ।

यसका लागि आवश्यक वतावरण बनाउन प्रहरी प्रशासनको भुमिका महत्वपुर्ण हुन्छ ।’
नेपाल प्रहरीको गौरवशालि ईतिहास रहेको छ, मुख्यमन्त्री राउतले भने,‘ प्रहरी निर्वाचनमा कुनै पार्टी वा व्यक्ति विशेषको अधारमा कान गर्नु हुदैनन् ।प्रहरी सबैको यो बुझेर निर्वाचनमा प्रहरीले आफ्नो भुमिका प्रदर्शन गनुपर्ने मुख्यमन्त्री राउतले जोड दिए । मधेश प्रदेशका प्रहरी प्रमुख डिआजी मसउद खान आलमको अध्यक्षततामा सम्पन्न कार्यक्रममा मधेश प्रदेशका गृह तथा संचारमन्त्री भरत प्रसाद साह, राज्यमन्त्री रुवि कुमारी कर्ण, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहसहितको रहेको थियो ।

सम्बन्धित खबर