LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

सप्तरी, ।सप्तरीको राजविराज नगरपालिका १५ देउरि भरुवाका एकजना वडा सदस्यमाथि प्रहरीकै रोहवरमा निर्घात कुटपिट भएको आरोप लागेको छ।राजविराज १५ की वडा सदस्य लक्ष्मी यादवमाथि प्रहरीकै उपस्थितिमा सोही ठाउँका पिन्टु यादवले निर्घात कुटपिट गरेका ह्ुन । राजनितिक रिसिभिका कारणले गत असोज महिनामा जिल्ला प्रहरी कार्यालय सप्तरीका घुमुवा टोलिले चोकमा रहेको पसलबाट आफुलाई पक्राउ गरि ल्याउने क्रममा बिच बाटोमा स्थानीय पिन्टु यादवले प्रहरीकै सामुन्ने निर्घात कुटपिट गरेको वडा सदस्य यादवले आरोप लगाएका छन ।सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफुलाई जिल्ला प्रहरी कार्यालय जानु पर्छ भनी राति साढे ११ बजेमा ल्याउने क्रममा बिच बाटोमा निर्घात कुटपिट गरेको आरोप लगाए ।

कुटपिटबाट गम्भीर घाइते यादवको तत्काल राजविराज स्थित गजेन्द्रनारायण सिह अस्पतालमा हतकडी लगाएर उपचार भइरहेको पीडितका परिवारजनले बताएका हुन । कुटपिटबाट वडा सदस्य यादवको छातिमा गम्भीर चोट लागेको तथा त्यहा उपचार सम्भव नभए पछि थप उपचारको लागि विराटनगर लगिनु पर्ने चिकित्सकहरुले बताएको पीडितका आफन्तले बताएका छन । यता सो सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी नरेश सिंहले कुटपिट गरेको बिषयमा आफुलाई कुनै जानकारी नभएको बताउँदै उनले सो बिषयमा के भएको छ भनी आफु बुझेर जवाफ दिने बताएका छन ।

सम्बन्धित खबर