LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

सप्तरी, ।सप्तरीको राजविराज नगरपालिका १५ देउरि भरुवाका एकजना वडा सदस्यमाथि प्रहरीकै रोहवरमा निर्घात कुटपिट भएको आरोप लागेको छ।राजविराज १५ की वडा सदस्य लक्ष्मी यादवमाथि प्रहरीकै उपस्थितिमा सोही ठाउँका पिन्टु यादवले निर्घात कुटपिट गरेका ह्ुन । राजनितिक रिसिभिका कारणले गत असोज महिनामा जिल्ला प्रहरी कार्यालय सप्तरीका घुमुवा टोलिले चोकमा रहेको पसलबाट आफुलाई पक्राउ गरि ल्याउने क्रममा बिच बाटोमा स्थानीय पिन्टु यादवले प्रहरीकै सामुन्ने निर्घात कुटपिट गरेको वडा सदस्य यादवले आरोप लगाएका छन ।सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफुलाई जिल्ला प्रहरी कार्यालय जानु पर्छ भनी राति साढे ११ बजेमा ल्याउने क्रममा बिच बाटोमा निर्घात कुटपिट गरेको आरोप लगाए ।

कुटपिटबाट गम्भीर घाइते यादवको तत्काल राजविराज स्थित गजेन्द्रनारायण सिह अस्पतालमा हतकडी लगाएर उपचार भइरहेको पीडितका परिवारजनले बताएका हुन । कुटपिटबाट वडा सदस्य यादवको छातिमा गम्भीर चोट लागेको तथा त्यहा उपचार सम्भव नभए पछि थप उपचारको लागि विराटनगर लगिनु पर्ने चिकित्सकहरुले बताएको पीडितका आफन्तले बताएका छन । यता सो सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी नरेश सिंहले कुटपिट गरेको बिषयमा आफुलाई कुनै जानकारी नभएको बताउँदै उनले सो बिषयमा के भएको छ भनी आफु बुझेर जवाफ दिने बताएका छन ।

सम्बन्धित खबर