LIVE
गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती | मधेश प्रदेश अगामी वर्षको बजेट सर्वसम्मत पारित | बजेट विवाद मिलाउन गठन भएको कार्यादलले दियो बुँदे सुझाव | मिटरब्याजपीडित र सरकारबीच निजगढमा पाँच घण्टा वार्ता,सहमतिविना पहिलो चरणको वार्ता सकियो | सिरहामा पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको दुःखद मृत्यु | सुकुम्बासीको अवस्था बुझ्न गएका अन्सारी पक्राउ, सरकारविरुद्ध चर्कियो विरोध | सरकारको सय दिनपछि बालेनलाई वाचा सम्झाउन फेरि सडकमा मिटरब्याज पीडित | धनुषा अस्पतालमा सुत्केरी गराउने क्रममा महिलाको मृत्यु, चिकित्सकको लापरवाही आरोपपछि अस्पताल तनावग्रस्त | सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ | पर्सा राष्ट्रिय निकुञ्जबाट १६६ केजी गाँजासहित दुई जना पक्राउ |

जनकपुरधाम, । नेकपा एमालेबाट मधेश प्रदेशसभा सदस्यमा समानुपातिकतर्फ उम्मेदवार रहेकी फूल कुमारी महतो नेपाली कांग्रेसमा प्रवेश गरेकी हुन् ।नेपाली कांग्रेसका सहमहामन्त्री तथा धनुषा–४ मा सत्तागठबन्धनको तर्फबाट उम्मेदवार बनेका महेन्द्र यादवले उनलाई पार्टीमा प्रवेश गराएका हुन् ।कांग्रेस प्रवेश गरेकी महतोले एमालेभित्र तानाशाही प्रवृत्ति रहेको र मधेशी जनता तथा कार्यकर्तालाई भ्रममा राखेर नेताहरुले राजनीतिक स्वार्थ पूरा गरिरहेको कारण आफू असन्तुष्ट भएर एमाले परित्याग गरेको बताइन् ।देशमा सबैभन्दा बढी नागरिकताबिहीन मधेशमै रहेको र अहिले मधेशको मुख्य मुद्दा पनि नागरिकता नै रहेकाले त्यस विधेयकलाई अड्काएर एमालेले मधेश र मधेशी जनतालाई धोका दिएको आरोप लगाइन् । उनले व्यक्तिगत रुपमा आफुलाई एमालेले समानुपातिक सूचीमा राखे पनि मधेश र मधेशी जनताका लागि एमालेले धोका दिइरहेका कारण एमाले छाडेको बताइन् ।जनकपुरधाम उपमहानगरपालिका २२ मा आयोजित कांग्रेसको घरदैलो अभियानका क्रममा महतोलाई सहमहामन्त्री यादवले पार्टीमा भित्र्याएका हुन् ।

सम्बन्धित खबर