LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

जनकपुरधाम । मंसीर ४ गते हुन गईरहेको प्रतिनिधिसभा र प्रदेश सभा चुनावमा राजनितिक दलका नेताहरु भेटघाटमा व्यस्त रहेका छन । धनुषाका ४ वटै प्रतिनिधी सभा सिट र ८ वटा प्रदेश सभा सिट र समानुपातिक वोटका लागि राजनितिक मैदानमा जोरसोरका साथ जनता समक्ष आफनो उपस्थिति देखाइ रहेको छ । सबै नेताको अहिले घरदैलोमा व्यस्त छन । देशको हालको अवस्था बढदो बेरोजगारीका कारण युवाहरु देशमा काम नपाएर बाध्य भएर विदेश पलायन गरिरहेको जनकपुरधाम वडा न. ५ बस्ने मो. मासुमले बताए ।

प्रदेशमा अहिले बढदो महगाईका कारण जनताले केही बोल्न नसक्ने अवस्थामा छन । तर चुनावको बेला नेताले रटी रटाव लल्लीपप जस्ता कुरा गरेर आफनो जितको लागी घरदैलोमा व्यस्त छन । देशको अवस्था दैनिय भएपनि राजनितिक पार्टीहरुले अब हामी विकास गर्ने छौ वाचाँ दिएर वोट माँगन व्यस्त रहेको उनले बताए । खाने तेल लिएर घोडागाढी सम्म सबै समाहरुको भाव र कर अकासिएको जनकपुरधाम वडा न. ४ का दिपेन्द्र नायकले बताए । नेताहरु पनि मनुष्य नै हो यनीहरु चुनाव जिते पछि मन्त्री बन्नका लागि यो पार्टी बाट त्यो पार्टीमा जाने बाहेक केही पनि जनताका लागि नगर्न सक्ने उनले बताए ।

सम्बन्धित खबर