LIVE
धनुषाका वरिष्ठ सई सागरशम्सेर जबरा लिनम्बनमा | सत्याग्रहमा बसेका कर्णको स्वास्थ्य अवस्था बिग्रिदै | विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी सिर्जना गर्न शिक्षा मन्त्री तिवारीको माग | धनुषामा ट्याक्टर दुर्घटना स् एक चालकको ज्यान गयो, अनुसन्धान जारी | सोनमा गाउँपालिकाको सरकारी पोखरी संरक्षणमा चरम लापरवाही, स्थानीय आक्रोशित | मधेशमा कानुन निर्माण पक्रिया कमजोर, एक वर्षमै ऐनको पुनर्लेखन | ई–रिक्सा चालकको लाइसेन्स प्रक्रियामा सवलिकरण ल्याउन माग | मधेशका जिल्लाहरुमा चैती पर्व मनाईदै | मुख्यमन्त्री यादवद्वारा सय दिनको उपलब्धी सार्वजनिक | मधेश प्रदेशका झण्डै ९१ प्रतिशत उम्मेदवारको जमानत जफत |

फाएजा फहमीदा
महोत्तरी । महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४ को क बाट प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका लक्ष्मीनारायण यादवले चुनावी प्रचारप्रचार कार्यक्रमलाई तिव्र बनाएको छ ।
मधेश आन्दोलनदेखि राजनीतिकमा सक्रिय युवा नेता यादवलाई जनता समाजवादी पार्टीले टिकट नदिएपछि उनी स्वतन्त्र उम्मेदावरी दिएका हुन् । दलका शिर्ष नेताहरु आफ्ना स्वार्थ पुरा गर्न गठबन्धनको नाउँमा ठगबन्धन गरेको आरोप लगाउदै युवा नेता यादवले गठबन्धनको नाउँमा दलहरुले जनतामा फैलाएको भ्रमलाई चिर्न आफ्नो उम्मेदवारी रहेको बताए ।


जनतालाई विकास, शिक्षा,स्वास्थ्य लगायतका सुविधा चाहिएको छ, उम्मेदवार यादवले भने,‘ तर विकास,शिक्षा स्वास्थ्य नेताहरुको चुनावी नारा मात्रै दिन्छन्,चुनाव जितेपछि आफ्नो स्वार्थ अनुसारमा काममा मात्रै ध्यान हुन्छ ।’ विगतमा निर्वाचनको क्रममा जनतासँग ठुलठुला वाचा गरेकाहरु पाँच वर्ष कुनै काम नगरि पुनः त्यही मतदातासँग फेरि झुठो वाचा गर्न पछाडि परेका छैनन, उम्मेदवार यादवले भने,‘ तर जनताले ति नेताहरुको ति दलहरुको चरित्र बुझिसकेका छन्, जनता ति नेताहरुको ललिपमा फस्ने छैनन ।’


आफु पदमा नभएपछि जनताको हरेक सुखदुखमा मलहम ल्याउन सक्दो प्रयास गरेको बताउदै उनले भने,‘ जनताले निर्वाचित गरेको खण्डमा जनताले भनेको अनुसार काम गर्छु, जनताको अर्शिवाद नपाएपनि आफ्नो हैसियत अनुसार जनताको सेवामा सर्मित रहन्छु ।’ घरदैलो तथा भेटघाट कार्यक्रमलाई तिव्र बनाएका उम्मेदवार यादवप्रति क्षेत्रका जनताको दिनदिनै आकर्षण बढ्दै गएको देखिन्छ ।

 

सम्बन्धित खबर