LIVE
सडक सुरक्षा प्रदेश सरकारको प्राथमिकता ः मन्त्री राय | दुर्घटना परेर सिरहामा ३ र बारामा एक जनाको मृत्यु | करेन्ट लागेर धनुषामा एक महिलाको मुत्यु | मधेश सरकारको अगामी अवाको बजेट ४६ अर्ब ्९८ करोड, चालुभन्दा ६ प्रतिशतले बढी | ४६/४७ अर्वको हराहारिमा अगामी अवाको बजेट ल्याउदै मधेस सरकार | लोसपाका महासचिव मिश्रद्वारा शहीद सन्तति वृत्ति कोषको स्थापना | अत्यधिक गर्मीले मधेश प्रदेशको जनजीवन चौतर्फी प्रभावित | अत्यधिक गर्मीले मधेश प्रदेशको जनजीवन प्रभावित | धनुषाको सबैलामा भेट्यो जनककालीन महादेव मन्दिरको अवशेष | जनकपुरधाम पुरानो इतिहासको लयमा फर्किदै छ ः प्रधानमन्त्री ओली |

काठमाडौं । नेपाल र अमेरिकाबीच हवाई सेवा सम्झौताको तयारी अगाडि बढिरहेको सन्दर्भमा अमेरिकाले नेपालको हवाई सुरक्षाबारे अध्ययन गर्ने भएको छ । अमेरिकी नागरिक उड्डयनको नियामक निकाय फेडेरल एभीएसन एडमिनिष्ट्रेसनको एक मिसनले नेपालको हवाई सुरक्षाको अवस्थाबारे बिहीबारबाट अध्ययन थाल्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए । उनका अनुसार यो मिसनले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आईकाओले हेर्ने गरेका विभिन्न ८ क्षेत्रहरुमा नेपालको वर्तमान अवस्थाबारे अध्ययन गर्नेछ । आईकाओले यसै वर्ष नेपालमा गरेको हवाई सुरक्षा अडिटको अन्तिम प्रतिवेदन हालै नेपालले प्राप्त गरेको छ । जसमा तोकिएका क्षेत्रमा नेपालले प्राप्त गरेको परिपालनाको दर ७०.१ प्रतिशत पुगेको छ । यसबाट अन्य अन्तर्राष्ट्रिय निकायको अडिटलाई समेत सहज भएको प्राधिकरणको भनाइ रहेको छ । प्राधिकरणले केही साता अगाडि स्वीट्जरल्याण्डसँग हवाई सेवा सञ्चालनबारे सहमति गरेको हो । यस्तै सहमतिसँगै हवाई सेवा सम्झौताको तयारी अमेरिकासँग समेत अगाडि बढेको हो । त्यसअगाडि अमेरिकी नियामक निकायबाट नेपालको हवाई सुरक्षाबारे अध्ययन हुन लागेको हो ।

सम्बन्धित खबर