LIVE
गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती | मधेश प्रदेश अगामी वर्षको बजेट सर्वसम्मत पारित | बजेट विवाद मिलाउन गठन भएको कार्यादलले दियो बुँदे सुझाव | मिटरब्याजपीडित र सरकारबीच निजगढमा पाँच घण्टा वार्ता,सहमतिविना पहिलो चरणको वार्ता सकियो | सिरहामा पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको दुःखद मृत्यु | सुकुम्बासीको अवस्था बुझ्न गएका अन्सारी पक्राउ, सरकारविरुद्ध चर्कियो विरोध | सरकारको सय दिनपछि बालेनलाई वाचा सम्झाउन फेरि सडकमा मिटरब्याज पीडित | धनुषा अस्पतालमा सुत्केरी गराउने क्रममा महिलाको मृत्यु, चिकित्सकको लापरवाही आरोपपछि अस्पताल तनावग्रस्त | सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ | पर्सा राष्ट्रिय निकुञ्जबाट १६६ केजी गाँजासहित दुई जना पक्राउ |

काठमाडौं । नेपाल र अमेरिकाबीच हवाई सेवा सम्झौताको तयारी अगाडि बढिरहेको सन्दर्भमा अमेरिकाले नेपालको हवाई सुरक्षाबारे अध्ययन गर्ने भएको छ । अमेरिकी नागरिक उड्डयनको नियामक निकाय फेडेरल एभीएसन एडमिनिष्ट्रेसनको एक मिसनले नेपालको हवाई सुरक्षाको अवस्थाबारे बिहीबारबाट अध्ययन थाल्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए । उनका अनुसार यो मिसनले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आईकाओले हेर्ने गरेका विभिन्न ८ क्षेत्रहरुमा नेपालको वर्तमान अवस्थाबारे अध्ययन गर्नेछ । आईकाओले यसै वर्ष नेपालमा गरेको हवाई सुरक्षा अडिटको अन्तिम प्रतिवेदन हालै नेपालले प्राप्त गरेको छ । जसमा तोकिएका क्षेत्रमा नेपालले प्राप्त गरेको परिपालनाको दर ७०.१ प्रतिशत पुगेको छ । यसबाट अन्य अन्तर्राष्ट्रिय निकायको अडिटलाई समेत सहज भएको प्राधिकरणको भनाइ रहेको छ । प्राधिकरणले केही साता अगाडि स्वीट्जरल्याण्डसँग हवाई सेवा सञ्चालनबारे सहमति गरेको हो । यस्तै सहमतिसँगै हवाई सेवा सम्झौताको तयारी अमेरिकासँग समेत अगाडि बढेको हो । त्यसअगाडि अमेरिकी नियामक निकायबाट नेपालको हवाई सुरक्षाबारे अध्ययन हुन लागेको हो ।

सम्बन्धित खबर