LIVE
पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद | गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती |

जनकपुरधाम, कार्तिक ३ गते ।

भन्सार छली तस्करी गरेको सामानसहित जनकपुरबाट एकवटा एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीबार बिहान ४ बजेके समयमा जनकपुर उप(महानगरपालिका वडा नं. १७ कटरैट स्थितबाट प्रहरीले मे.१ च. ३५० नम्बरको एम्बुलेनस भन्सार छलिका सामानसहित नियन्त्रणमा लिएको हो ।
सो एम्बुलेन्स सोनामाई भ्याली बचत तथा ऋण सहकारी संस्थाद्वारा संचालित रहेको छ । भारतको जयनगरबाट जनकपुर तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी किराना जन्य सामानहरु तथा बिभिन्न किसिमका पटाकाहरु लोड रहेको अवस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
कारबाहीको लागि एम्बुलेनस तथा सरसमानहरु भन्सार कार्यालय जनकपुरमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर