LIVE
हिलोमा चिप्लेर हुने सवारी दुर्घटना रोक्न वर्षामै चालकहरुलाई सर्तक गराउँदै धनुषा ट्राफिक प्रहरी | जनकपुरधामसहित धनुषाको ट्राफिक व्यवस्ता चुस्त बनाउन प्रमुख वलीको सक्रियता | मुस्लिमसहित समग्र महिलाको विकास बिना प्रदेश सम्वृद्ध हुदैन ः मन्त्री जयसवाल | मुख्यमन्त्री सिंहले सार्वजनिक गरे सय दिनको उपल्बधी | धनुषा प्रहरी हिरासतबाट भागेका सबै थुनुवा पक्राउ , घटना छानबिनको लागि समिति गठन | जिप्रका धनुषाको हिरासतबाट भागेका ९ मध्ये २ थुनुवा पक्राउ, प्रहरीको सर्च अप्रेशन जारी | जसपा नेपालमा केहि दिनमै पहिरो आउँछ ः सहध्यक्ष रेणु यादव | तिव्र गतिका कारण अधिकांश सवारी दुर्घटना | भारतको सेन्चुरियन युनिभरसिटीमा नेपालीलाई छात्रवृतिसहित विशेष सुविधा | जनकपुरधामलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्छ ः मन्त्री मियाँ |

मो.इन्तेखाब आलम
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लोहना २५ मा आइतवार र सोमवार जलसाए बरकातुन नबी हुने भएको छ । प्रत्येक वर्ष अक्टुबर २३ र २४ तारिख मा यो जलसा हुने गरेको कारी फिदाउल मुस्तफाले बताए । जलसामा भारत नेपालका प्रख्यात धर्म गरु लगायत शायरहरुले जलसमा इस्लाम धर्मका प्रवचन तथा इस्लामी शायरी गरी जलसाको रौनक बढाउने छन उनले भने ।

जलसामा धर्म गुरुहरुले इस्लाम धर्मका प्रवचन सुनाई मानिसहरुलाई सही बाटो हिडन बताउँछ जो हजुर शेरे नेपालले पनि मानिसहरुलाई राम्रो बाटोमा हिडन सिकाएको उनले बताए ।नेपालका प्रख्यात मुस्लिम गुरु शेरे नेपालको मृत्यु पछि यो जलसा हुने गरेको उनले भने । हजुर शेरे नेपालको ३ वर्ष पहिला भारतको मुम्बईमा निधन भएको उनले बताए । भारतको मुम्बईका उनलाई मायाँ गर्ने त्यहाँका जन समुदाय तथा मुरिद अर्थात शिश्यहरुले उनका प्रार्थिक शरिरलाई सम्मानका साथ मुम्बई बाट नेपाल ल्याईएको उनले भने ।

जलसाए बरकातुन नबीको अवसरमा जनकपुर उपमहानगरपालिकाका मेयर मनोज साहले उनको स्मरण गरदै भने , उनी मुस्लिम समुदायका महान व्यक्ती थिए,जसले जनकपुरधामको लोहनामा जन्म लिएका थिए । उनको यति ठुलो महत्वले विश्वभरमा नेपालको पहिचान एउटा बेग्लै रुपमा भएको मेयर साहले बताए । नेपाली मुस्लिम गुरु भएर शेरे नेपालले विश्वमा जाँदा उनलाई नेपालको महान मुस्लिम गुरु भएर चिन्ने यो गर्वको कुरा रहेको उनले बताए । उनी समाजिक रुपमा कसैले भेटन जाँदा उनी धेरै माया र नर्म स्वभावले कुरा गरेको देखे उनले भने ।

शेरे नेपालको मृत्यूको दिन जलसा र दिपावलीले दुबै समुदायलाई खुशियाली बाँडेको जनकपुरधाम उपमहानगरपालिका उप मेयर किशोरी साहले बताए । शेरे नेपालको जनाजामा अर्थात समाधिको दिन ८ लाख मानिसहरुले समुहिक जनाजाको नमाज पढेका थिए, यो आफैमा एउटा मुस्लिम समुदायका लागि खुशीको पल रहेको उनले बताए । शेरे नेपालको जनजा आफैमा एउटा अनौठो हो जसले उनलाई चाहिने मानिसहरुको जनसैलाबले बताई दियो की उनी अल्लाहका नेक अर्थात पवित्र मानिस हुन उप मेयर साहले भने ।

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिका लोहनाका वडा अध्यक्ष चन्देश्वर साह,नेकाँका पूर्व हज कमिटी अध्यक्ष मो.सोएब रेजा,एमाले प्रदेश ब्युरो सदस्य मो कैश,जनकपुरधाम उपमहानगरपालिका पूर्व कर्मचारी इन्जिनयर मो.नसीम अख्तर, इन्जिनयर मो.वसीम अख्तर, मो. कसीम अख्तर मो. कमरुदीन, मो. बच्चे,उपमहानगरपालिका पूर्व कर्मचारी मो.रजाउल्लाह, प्रो हुमैदुर रहमान,मास्टर एहसानुल हक,मास्टर अहमद रेजा,डा.सादिक रेजा,इन्जिनयर मो.रेजा, इन्जिनयर मो. जकाउल मुस्तफा,मो. सनाउल मुस्तफा,मो.एकबाल, इन्जिनयर मो. जावेद,मो. हैदर अली,मो.सनाउल्लाह लगायतका व्यक्तीहरु उपस्थित रहेका थिए ।

सम्बन्धित खबर