LIVE
एमाले बाहिरिएपछि मधेशमा नयाँ सरकारको कसरत | आमिन हत्या प्रकरण ः आरोपीका आमाबुवासमेत कानुनी घेरामा | अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन |

काठमाडौँ, ।बलात्कार पीडित भनिएकी निहारीका सिंह राजपुतले डीएनए रिपोर्ट लुकाइएको भन्दै अन्तर्राष्ट्रिय मिडिया गुहार्न भारतको नयाँ दिल्ली पुगेकी छन् ।राजपूत आफ्नो माग नेपालमा सुनवाइ नभएको भन्दै मुद्दा अन्तर्राष्ट्रियकरणका लागि नयाँ दिल्ली पुगेकी छन् । उनी पाँच दिनअघि अर्की ‘घरेलु हिंसा पीडित’ बिनु यादवका साथमा दिल्ली गएकी छन् ।आफ्नो मुद्दालाई भारतीय लगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा ल्याएर नेपालको न्यायिक निकायलाई दबाब पुर्‍याउन नयाँ दिल्ली आएको निहारिकाले बताइन् ।

आफ्नो बच्चा र आरोपीको डीएनए टेस्ट गरिएको दुई महिना बितिसक्दा पनि रिपोर्ट सार्वजनिक नगरिएको र आरोपीलाई सजायबाट उन्मुक्ति दिने चलखेल गरिएको उनको आरोप छ ।निहारिकाले नयाँ दिल्लीबाट नजिकै रहेको नोयडा फिल्म सिटीमा पुगेर केही भारतीय टेलिभिजन च्यानलका पत्रकारहरूसँग आफ्नो मुद्दाबारे जानकारी गराएकी छन् ।निहारीकाले आजतक, एबीपीन्यूज, न्यूज २४ लगायतलाई आफ्नो मुद्दाको फेहरिस्त दिएको र उनीहरूले अध्ययन गरेर एक हप्ताभित्र रेस्पोन्स गर्ने आश्वासन दिएको बताइन् ।

निहारीकाले परिस्थिति आएको खण्डमा नयाँ दिल्लीमै राष्ट्रपति भवन वा संसद् भवन अगाडि पनि अनसन बस्न सक्ने बताइन् ।जनकपुर उच्च अदालतको आदेशमा बच्चा र आरोपी शिवराज श्रेष्ठको डिएनए परीक्षण गरिएको थियो । गत २६ भदौमा डीएनएका लागि दुवैको नमुना लिइएको भए पनि अहिलेसम्म रिपोर्ट सार्वजनिक भएको छैन । नमुना लिँदा २१ दिनभित्र रिपोर्ट आउने भनिएको थियो ।

सम्बन्धित खबर