LIVE
मेयर र उपमेयर बीचको विवादको कारण क्षिरेश्वरनाथ नपाको विकास प्रभावित | धनुषाबाट हजका लागि सउदी अरब जान लागेका हज यात्रीलाई विदाई तथा सम्मान | महोत्तरीे भंगाहाकी एक किशोरीलाई विहेको प्रलोभन देखाई जबरजस्ती करणी गरेको आरोप | भारत–पाकिस्तान बीचको तनावले सिमावर्ती क्षेत्रमा उच्च सतर्कता, आवतजावतमा कडाई | रंगशालाको जग्गाको भाडा बढाएपछि जनप्रतिनधीले गरे मुख्यमन्त्री सिंहसँग गुनासो | केही सञ्चारमाध्यममा आएको समाचार झुठो रहेको भन्दै जनमतको अधिकारिक स्पष्टीकरण | झडपका कारण एमाले धनुषा अधिवेशन अनिश्चित | एमाले धनुषाको नयाँ नेतृत्वको लागि आज निर्वाचन हुँदै, अध्यक्षमा भोला र लक्ष्मीनारायण बीच प्रतिस्पर्धा | मधेश प्रदेशमा आज सार्वजनिक विदा | नेकपा एसले मुख्यमन्त्री सिंहलाई ५२ बुँदे ज्ञापनपत्र बुझाए |

जनकपुरधाम । दीपावलीको अवसरमा जनकपुरधामा करेन्ट लागेर दुई युवकको ज्यान गएको छ ।
दीपावलीको लागि घरमा इलेक्ट्रिक बत्ती जोड्ने क्रममा करेन्ट लाग्दा दुई युवकको मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ । मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका –९ बेल्ही बस्ने सुभाष यादवका १४ वर्षीय छोरा शिवराज यादव र जनकपुरधाम–२२ बसबिट्टी बस्ने नवल मिश्रका १९ वर्षीय छोरा अमित मिश्र रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक क्षेत्रीले जानकारी दिए ।
प्रवक्ता क्षेत्रीका अनुसार मिश्रको सोमवार साँझ घरमा विद्युतिय बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो । आईतवार नै करेन्ट लागेर गम्भिर घाईते भएका यादवको सोमवार दिउँसो जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृतक दुबै जनाको शव पोष्टमार्टम पश्चात परिवारजनको जिम्मा लगाइएको उनले बताए ।

सम्बन्धित खबर