LIVE
मुख्यमन्त्री यादवको नियुक्ति असंवैधानिक भएको भन्दै सात दलको भोलि पनि विरोधमा कार्यक्रम | भित्र मुख्यमन्त्रीको पदभार ग्रहण, बाहिर प्रहरी र प्रदर्शनकारी बीच झडप | दलहरू कांग्रेसलाई नेतृत्व दिन तयार भए राजीनामा दिन तयार छु : मुख्यमन्त्री यादव | विद्रोही सांसद रहबर अन्सारी, ढाल्यो सोनल सरकार ! | एकमहिना नपुग्दै ढल्यो सोनल सरकार | मधेश प्रदेशका मुख्यमन्त्री सोनल विश्वासको मत आज लिदै | कमला नदीको देव मेलाः आस्थासँगै पर्यटन र व्यापार | मधेश प्रदेशका मुख्यमन्त्री सोनल २२ कार्तिकमा विश्वासको मत लिने | माओवादी केन्द्र संसदीय दलका नेतामा पुनः साह | जनकपुरधाममा सामाचकेवा महोत्सव सम्पन्न |

बेलायतको भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र बेलायतको तल्लो सदन हाउस अफ कमन्सका सभामुख सर लिण्डसे होयलबीच भेटवार्ता भएको छ।
मङ्गलबार बेलायती संसद भवनमा भएको उक्त भेटका अवसरमा उनीहरूबीच नेपाल र संयुक्त अधिराज्यबीचको ऐतिहासिक सम्बन्धका विविध विषय विशेष गरी दुई देशका सांसद्बीच भ्रमण तथा अनुभवको आदानप्रदान, भूपू गोर्खासम्बन्धी विषयमा विचारको आदानप्रदान भएको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ।
भेटमा संयुक्त अधिराज्यका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, समावेशी आयोगका सदस्य पुष्पराज तिमिल्सिना एवं राजदूतावासका उपनियोग प्रमुख श्रीमती रोशन खनाल सहभागी थिए।
यस्तै सोमबार बेलायतको संसद्मा रहेको बेलायत–नेपाल मैत्री समूहका अध्यक्ष सांसद वीरेन्द्र शर्माले अध्यक्ष तिमिल्सिनाको सम्मानमा आयोजना गरेको दिवाभोजमा पनि अध्यक्ष तिमिल्सिना सहभागी भए। रासस

सम्बन्धित खबर