LIVE
एमाले बाहिरिएपछि मधेशमा नयाँ सरकारको कसरत | आमिन हत्या प्रकरण ः आरोपीका आमाबुवासमेत कानुनी घेरामा | अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन |

जनकपुरधाम । तराई मधेश लोकतान्त्रिक पार्टीका नेता तथा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ को (ख)बाट प्रदेश सभा सदस्यमा पदमा उम्मेदवारी दिएका असगर अलीले मधेशी जनताको हक अधिकारको सुनिश्चता आफ्नो पार्टीले मात्रै गराउने दावि गरेका छन् ।जनकपुरधाम उपमहानगरपालिका– २३ लादो वेलामा घरदैलो कार्यक्रम पश्चात आयोजना गरिएको कोणसभालाई सम्बोधन गर्दै नेता अलीले आफुहरुलाई मधेशवादी दल भनिने जसपा, लोसपा पार्टीले मधेशका मुद्दा छोडेर सत्ता स्वार्थका कारण काँग्रेस, एमालेसँग गठबन्धन गरेको आरोप लगाए ।मधेश केन्द्रित दलहरुले विगतमा उठाउदै आएका मधेशी, दलित जनजाति, मुस्लिम तथा उत्पीडन र शोषणमा परेका वर्ग र सामुदायको एजेण्डा सत्ता र स्वार्थ कारण छोडेको उम्मेदवार अलीको भनाई थियो ।

सत्तामा पुग्ने स्वार्थले निर्वाचन अघि नै मधेश केन्द्रितहरुले मधेश विरोध दलसँग गठबन्धन गरेर आम मधेशी जनताले उठाउदै आएको एजेण्जालाई तिलांजली दिएको उनको अलीको भनाई छ । नागरिता नपाएर लाखौ मधेशीका नागरिकका सन्तान शिक्षा, रोजगारीबाट वंचित छन । उनीहरुको भविष्यसँग राज्य खेलवाड गरिरहेका छन्, नेता अलीले भने,‘ नागरिकता सम्बन्धी ऐन अहिले सम्म नआउनुमा राष्ट्रपति मात्रै नभई काँग्रेस, एमालेसँगै मधेश केन्द्रित दलहरुको पनि उतिकै दोषि छन् ।’वाहिर वहिर काँग्रेस एमालेका विरोध गर्ने र सत्ताको लागि उसैसँग गठजोड मधेश केन्द्रित पार्टीका चरित्र मधेशी जनताले बुझिसकेको उम्मेदवार अलीले बताए ।

 

सम्बन्धित खबर