LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

जनकपुरधाम । तराई मधेश लोकतान्त्रिक पार्टीका नेता तथा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ को (ख)बाट प्रदेश सभा सदस्यमा पदमा उम्मेदवारी दिएका असगर अलीले मधेशी जनताको हक अधिकारको सुनिश्चता आफ्नो पार्टीले मात्रै गराउने दावि गरेका छन् ।जनकपुरधाम उपमहानगरपालिका– २३ लादो वेलामा घरदैलो कार्यक्रम पश्चात आयोजना गरिएको कोणसभालाई सम्बोधन गर्दै नेता अलीले आफुहरुलाई मधेशवादी दल भनिने जसपा, लोसपा पार्टीले मधेशका मुद्दा छोडेर सत्ता स्वार्थका कारण काँग्रेस, एमालेसँग गठबन्धन गरेको आरोप लगाए ।मधेश केन्द्रित दलहरुले विगतमा उठाउदै आएका मधेशी, दलित जनजाति, मुस्लिम तथा उत्पीडन र शोषणमा परेका वर्ग र सामुदायको एजेण्डा सत्ता र स्वार्थ कारण छोडेको उम्मेदवार अलीको भनाई थियो ।

सत्तामा पुग्ने स्वार्थले निर्वाचन अघि नै मधेश केन्द्रितहरुले मधेश विरोध दलसँग गठबन्धन गरेर आम मधेशी जनताले उठाउदै आएको एजेण्जालाई तिलांजली दिएको उनको अलीको भनाई छ । नागरिता नपाएर लाखौ मधेशीका नागरिकका सन्तान शिक्षा, रोजगारीबाट वंचित छन । उनीहरुको भविष्यसँग राज्य खेलवाड गरिरहेका छन्, नेता अलीले भने,‘ नागरिकता सम्बन्धी ऐन अहिले सम्म नआउनुमा राष्ट्रपति मात्रै नभई काँग्रेस, एमालेसँगै मधेश केन्द्रित दलहरुको पनि उतिकै दोषि छन् ।’वाहिर वहिर काँग्रेस एमालेका विरोध गर्ने र सत्ताको लागि उसैसँग गठजोड मधेश केन्द्रित पार्टीका चरित्र मधेशी जनताले बुझिसकेको उम्मेदवार अलीले बताए ।

 

सम्बन्धित खबर