LIVE
मधेशबाट झण्डै ८९हजार विद्यार्थी एसईई दिदै | मधेश प्रदेश सरकारद्वारा एसईई परीक्षा वहिस्कार | प्रहरीले चलाएको गोलिको लागेर धनुषामा एक युवक गम्भिर घाइते | यस वर्षको ‘महामुर्ख’को उपाधि मधेश प्रदेशका मुख्यमन्त्री सिंहलाई | होली पर्वको अवसरमा धनुषाको सुरक्षा र ट्राफिक व्यवस्था कडा | अन्तगृह परिक्रमा सम्पन्न, मुस्लिम नागरिक समाजद्वारा परिक्रमावासी चुरा र मिठा वित्तरण | महोत्तरी मलपोतका खरिदार अख्तियारको फान्दामा | मधेश प्रदेशका गृहमन्त्री लेखिको सुरक्षामा खटेका असई यादवको मृत्यु | अवैध रुपमा संचालित प्रदेशका ५८ वटा अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन | श्रममन्त्रीको पहलमा महोत्तरीमा व्यवसायिक प्रशिक्षण केन्द्रको स्थापना हुँदै |

फाएजा फहमिदा

जनकपुरधाम । तराई मधेश लोकतान्त्रिक पार्टीकी नेतृ राजिया बेगमले मधेशी जनताको हक अधिकारको सुनिश्चता आफ्नो पार्टीले मात्रै गराउने दावि गरेकी छीन् । आफुहरुलाई मधेशवादी दल भनिने जसपा, लोसपा पार्टीले मधेशका मुद्दा छोडेर सत्ता स्वार्थका कारण काँग्रेस, एमालेसँग गठबन्धन गरेको उनले आरोप लगाइन ।मधेश केन्द्रित दलहरुले विगतमा उठाउदै आएका मधेशी, दलित जनजाति, मुस्लिम तथा उत्पीडन र शोषणमा परेका वर्ग र सामुदायको एजेण्डा सत्ता र स्वार्थकोे कारण छोडेको उम्मेदवार बेगमको भनाई थियो ।
सत्तामा पुग्ने स्वार्थले निर्वाचन अघि नै मधेश केन्द्रितदलहरुले मधेश विरोधी दलसँग गठबन्धन गरेर आम मधेशी जनताले उठाउदै आएको एजेण्जालाई तिलांजली दिएको बेगमले टिप्पण्ी गरिन। नागरिता नपाएर लाखौ मधेशीका नागरिक का सन्तान शिक्षा, रोजगारीबाट वंचित छन । उनीहरुको भविष्यसँग राज्य खेलवाड गरिरहेका छन्, नेतृ बेगम ले भनिन ,एमालेको विरोध गर्ने र सत्ताको लागि उसैसँग गठजोड मधेश केन्द्रित पार्टीका चरित्र मधेशी जनताले बुझिसकेको प्रदेश सभामा समानुपातिक उम्मेदवार समेत रहेकी नेतृ बेगमले बताए । प्रदेशको शैक्षिक आर्थिक, अवस्था दयनिय रहेको बताउदै नेतृ बेगमले शासक वर्गको उदासिनता र गैर जिम्मेवारीपनका युवा शतिm मुलुकमा रोजगार नपाएर वाहिर खाडी मुलुकमा श्रम बेच्न वाध्य रहेको बताईन ।मुस्लिम महिला शैक्षिक, आर्थिक , समाजिक तथा राजनीतिक रुपमा पछाडी परेको धारणा राखदै नेतृ बेगमले भन्नि, मुस्लिम महिलाले अब आफनो हक अधिकारको लागि अगाडी बढ्नुको विकल्प छैन्।

सम्बन्धित खबर