LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

फाएजा फहमिदा

महोत्तरीको भँगहा नगरपालिका पररिया गाउँमा हिजो भएको हिँसा लाई साम्य पार्न सर्वदलिय बैठक आयोजना गरिएको छ । बैठकमा आज बिहान भएको बैठकमा हिँसा लाई नियन्त्रण गर्न ८बुँदे निर्णय गरिएको छ । हिँसाको उच्च स्तरिय छानबिन गरि दोषिलाई कडा कार्वाही गरिने, घटनामा घाइतेभएका लाई उपचार खर्चको पहल गर्र्ने, घटनामा भएको क्षतिको विवरण सङकलन गरि नेपाल सरकारसँग क्षतिपुर्तिको लागी सिफारिस गरिने निर्णय गरिएको हो।

त्यसै गरि परिस्थितिलाई काबुमा राख्ने तथा सामाजिक सद्भाव कायम गर्न सदभाव ¥याली गर्ने, दलगत रुपमा शान्ति कायम गर्न अपिल गर्ने लगायतका कार्य, जिल्लामा कृयाशिल राजनैतिक पार्टी र समाजिक अगुवा सँलग्न सर्वदलिय÷सर्वपक्षिय संयन्त्रले गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी दिपकपहाडीले जानकारी दिए।

सम्बन्धित खबर