LIVE
समावेशी नेतृत्वतर्फ लोसपा ः नेता राईन सह–महासचिवमा मनोनित | राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता |

हिन्दु धर्माल्मबीहरुले सूर्य भग्वान एवम् दिनानाथको पूजाअर्चना गरी अत्यन्त नियमनिष्ठापूवर्क मनाइने छठ पर्वको दोश्रो दिन आज खरना मनाइँदै छ । आजको दिन साँझ चामल, सक्खर र दुध मिलाएर बनाएको खीर प्रसादको रुपमा ग्रहण गरी खरना मनाइन्छ ।दिनभर उपबास बसेका छठ ब्रतालुले आज साँझ नियमनिष्ठाकासाथ खीर बनाएर आफू ग्रहण गर्नुको साथै घरपरिवारका सदस्यहरुलाई खान दिने चलन छ ।

सन्तान एवं पारिवारिक सुखसमृद्धिको कामना गरी चारदिनसम्म मनाइने छठ ब्रतालुहरुले नुहाएर अरबा अरबाईन एवं चोखो खाने खाएका कुरा खाएपछि शुक्रबार विधिवत रुपमा सुरु भएको हो । भोली आइतबार छठ पर्वको मुख्य दिन रहेको छ । छठको पूजा सामग्री जलासय घाटमा लगेर अस्ताउँदो सूर्य र सोमबार उदाउँदो सूर्यको अर्घ दिइन्छ ।चारदिनसम्म मुख्य विधि गरि मनाइने छठ पर्वको पहिलो दिन ब्रतालुहरुले नुहाएर चोखो एवं अरबा अरबाइन खाने, दोश्रो दिन प्रसादको रुपमा खीर ग्रहण गरी खरना गर्ने, तेश्रो दिन अस्ताउँदो सूर्य र चौथो दिन विहान उँदाउँदो सूर्यको अर्घ दिएपछि समापन हुने गर्दछ ।

सम्बन्धित खबर