LIVE
राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता | नेपाल सुडी समाजको दोस्रो साधारणसभा सम्पन्न |

बुटवल । नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलले ४ मंसिरको चुनावपछि सत्तारुढ गठबन्धनमा फुट आउने दावी गरेको छ । सोमबार रुपन्देहीमा एमालेले गरेको कार्यक्रममा उनले सत्ता गठबन्धनले भावी प्रधानमन्त्री समेत तोक्न नसकेको र चुनावपछि भागबण्डाकै कारण गठबन्धन फुट्ने र एमालेको सरकार बन्ने उनले दावी गरे ।सत्ता गठबन्धनमा चुनाव अगावै आंशिक फुट आइसकेको छ’, पौडेलले भने–‘चुनावको नतिजा पनि भनेजस्तो आउंदैन, त्यसपछि गठबन्धन पुरै फुट्छ र एमालेकै नेतृत्वमा सरकार बन्छ ।

’उनले नेकपा एमालेले अघि सारेका विकास निर्माण र योजनाहरुबाट विपक्षीहरु आत्तिएको बताएका छन् । तिनाउ–दानव करिडोर, मोतीपुर औद्योगिक क्षेत्र, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र प्रदर्शनी केन्द्र, कालीगण्डकी तिनाउ डाइभर्सन, सिद्धबाबा सुरुङमार्ग, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल जस्ता ठूला विकास पूर्वाधारका कारण एमालेको लोकप्रियता बढेको पौडेलले दावी गरे ।एमालेको सरकारको पालामा विष्णु पौडेलले रुपन्देहीको रुप बदल्ने र विकासमा रोलमोडल बनाउने गरी एक पछि अर्को ठूला आयोजना ल्याउने र बजेट पार्ने गरेपछि विपक्षीहरु आत्तिएका हुन्’, पौडेलले भने ।

 

सम्बन्धित खबर