LIVE
राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता | नेपाल सुडी समाजको दोस्रो साधारणसभा सम्पन्न |

जनकपुरधाम ।स्वन्त्रत उम्मेदवार जिताउ अभियानका संयोजक तथा पुर्व मन्त्री प्रभु साहले राजनीतिक दलहरुले विचार र सिद्धान्तबाट विमुखभएको बताएका छन् ।सोमवार जनकपुरधाम स्वतन्त्र उम्मेदवार जिताउअभियानकाअगुवाकार्यकर्ता भेलालाई सम्बोधनगर्दै संयोजक साहले राजनीतिक दलका शिर्ष नेताहरु सत्ता र स्वार्थका कारण पार्टीको विचार, सिद्धान्त र लाईनलाई बिर्सेर विचार र सिद्धान्त विपरित दलसँग गठबन्धन गर्ने गरेको आरोप लगाए ।

एमाले र जसपाको गठबन्धन सत्ता स्वार्थले मात्रै गरिएको बताउदै संयोजक साहले भने,‘ एमाले अध्यक्ष केपिशर्मा ओलीले विचार र सिद्धान्त छोडेर जसपा अध्यक्ष उपेन्द्र यादव सँग चुनावी गठबन्धन गरे । प्रतिगामीको संज्ञा दिन एमालेसँग आज कुन मुख अध्यक्ष यादव चुनावी गठबन्धन गरे, त्यस कारण यि दलहरुमा विचार र सिद्धान्तको कुनै मतलब नै रहन । यि दलहरुले जनतालाई भोट लिएर जनताको जनभावना सँग खेलवाड गर्नु वाहेक केहि गर्दैनन् ।’स्वतन्त्रबाट निर्वाचित व्यक्तिले मात्रै जनताको हक हितमा काम गर्ने दावि गर्दै नेता साहले भने,‘ स्वतन्त्रबाट जितेका उम्मेदवार सभामा पनि आफ्नो विचार स्वतन्त्र रुपमा राख्न सक्छन, कुनै दलको हुप मान्नु पर्ने वाध्यतामा हुदैनन् ।

सदैव जनताको अवाज बनेर सभामा आफ्ना कुरा राख्छन् ।’ दलिय सिस्टमले देशको विकास हुन नसक्ने नेता साहको भनाई थियो । मधेश प्रदेशका सबै जिल्लामा आफुहरु स्वतन्त्र उम्मेदवारलाई सहयोग गर्ने बताउदै उनले भने,‘ स्वतन्त्र रुपमा उम्मेदवारी दिएका राम्रो, इमन्दार उम्मेदवारलाई सहयोग गर्ने हाम्रो अभियान हो ।’ उनले धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधी सभामा स्वतन्त्र उम्मेदवारी दिएका उमेश साहलाई सहयोग गर्न सबै सँग अपिल गरेका छन् ।

 

सम्बन्धित खबर