LIVE
मेयर र उपमेयर बीचको विवादको कारण क्षिरेश्वरनाथ नपाको विकास प्रभावित | धनुषाबाट हजका लागि सउदी अरब जान लागेका हज यात्रीलाई विदाई तथा सम्मान | महोत्तरीे भंगाहाकी एक किशोरीलाई विहेको प्रलोभन देखाई जबरजस्ती करणी गरेको आरोप | भारत–पाकिस्तान बीचको तनावले सिमावर्ती क्षेत्रमा उच्च सतर्कता, आवतजावतमा कडाई | रंगशालाको जग्गाको भाडा बढाएपछि जनप्रतिनधीले गरे मुख्यमन्त्री सिंहसँग गुनासो | केही सञ्चारमाध्यममा आएको समाचार झुठो रहेको भन्दै जनमतको अधिकारिक स्पष्टीकरण | झडपका कारण एमाले धनुषा अधिवेशन अनिश्चित | एमाले धनुषाको नयाँ नेतृत्वको लागि आज निर्वाचन हुँदै, अध्यक्षमा भोला र लक्ष्मीनारायण बीच प्रतिस्पर्धा | मधेश प्रदेशमा आज सार्वजनिक विदा | नेकपा एसले मुख्यमन्त्री सिंहलाई ५२ बुँदे ज्ञापनपत्र बुझाए |

राष्ट्रिय स्वतन्त्र पार्टीले भ्रष्टाचार नगर्ने र गर्नेलाई नछोड्ने एजेण्डा अघि सारेको छ ।
बिहीबार चुनावी घोषणापत्र सार्वजनिक गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले भ्रष्टाचारीलाई कारबाही गरेरै छोड्ने संकल्प लिएको हो । स्वतन्त्र पार्टीले भ्रष्टाचार देश विकासको प्रमुख बाधक भएकाले त्यसविरुद्ध निर्मम रूपमा प्रस्तुत हुने पनि वाचा गरेको छ ।
कानुन अनुसार गर्नुपर्ने काम नगरे वा ढिलो गरे अनि नगर्नुपर्ने काम गरे त्यसलाई पनि भ्रष्टाचार मानेर दण्डित गर्ने स्वतन्त्र पार्टीको प्रतिबद्धता छ । स्वतन्त्र पार्टीले भ्रष्टाचारका मुख्य अपराधीसँगै मतियारहरूलाई पनि समान कारबाही गर्ने घोषणापत्रमा उल्लेख गरेको छ । भ्रष्टाचारसम्बन्धी सूचना दिने सूचकलाई प्रोत्साहन तथथा संरक्षण गर्न सूचक संरक्षण ऐन बनाएर लागू गर्ने प्रतिबद्धता स्वतन्त्र पार्टीले गरेको छ । ललिता निवासको सरकारी जग्गा किनबेच काण्ड, वाइडबडी खरिद काण्ड, कोभिड भ्याक्सिन काण्ड, यती र ओम्नी काण्ड, प्रिन्टिङ प्रेस खरिदको ७० करोड रुपैयाँ काण्डलगायत भ्रष्टाचारको आशंका गरिएका र देशव्यापी विवाद बहस भएका मुद्दाका फाइल खोल्ने विषय पनि घोषणापत्रमा समेटेको छ ।

सम्बन्धित खबर