LIVE
भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने | पर्साका विभिन्न स्थानको अतिक्रण हटाईदै, गण्डक नहर क्षेत्रमा सात सयभन्दा बढी संरचना हटाइयो | उद्योगी शेखर गोल्छा काठमाडौंबाट पक्राउ | सरकारी विज्ञापन नीतिविरुद्ध प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र | सरकारी विज्ञापन नीति विरुद्ध मधेशका मुख्यमन्त्री यादवलाई ज्ञापनपत्र |

नेपाली कांग्रेसले निर्वाचन आयोगसँग हेलिकोप्टर प्रयोग गर्न सहमति लिएको छ । मुख्य प्रचारकले आयोगको सहमतिमा हेलिकोप्टर प्रयोग गर्न पाउने प्रावधान छ । कांग्रेसले सभापति देउवालाई मुख्य प्रचारक बनाएर आयोगसँग सहमति लिएको हो ।
‘कांग्रेसलाई हेलिकोप्टरको सहमति दिइएको छ,’ आयोगका समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले भने । नेकपा एमालेलेले पनि अध्यक्ष केपी ओलीलाई मुख्य प्रचारक बनाएर हेलिकोप्टर प्रयोग गर्न आयोगबाट सहमति लिएको छ । मुख्य प्रचारकसँगै अर्को एक जनाले पनि हेलिकोप्टर प्रयोग गर्न पाउने छन् । माओवादी केन्द्रले भने आजसम्म पनि सहमति लिएको छैन ।
सम्भवतः मओवादीले आज सहमति लिने प्रवक्ता वाग्लेले बताए । आजदेखि चुनावी प्रचारप्रसार सुरु भएकाले ठूला दलले हेलिकोप्टरका लागि सहमति लिएका हुन् । आयोगले चुनाव प्रचारको लागि दल र उम्मेदवारलाई १७ दिनको समय दिएको छ ।
यो अवधिमा दल र उम्मेदवारले आमसभा, कोणसभा, र्‍याली निकाल्न पाउने छन् । आमसभामा सहभागी हुनका लागि शीर्ष नेताले पार्टीको खर्चमा हेलिकोप्टरको प्रयोग गर्न लागेका हुन् । आयोगले दलहरूको लागि खर्चको सीमा तोकेको छ । समानुपातिकको बन्दसूचीमा रहेका उम्मेदवारको संख्याको आधारमा आयोगले दलहरूको लागि खर्चको सीमा तोकेको हो ।
प्रतिनिधिसभाको समानुपातिकतर्फ बन्दसूचीमा रहेको एक उम्मेदवारले २ लाख खर्च गर्न पाउने छन् । बन्दसूचीमा ११० जना उम्मेदवार भएमा उक्त पार्टीले २ करोड २० लाखसम्म खर्च गर्न सक्नेछन् । प्रदेशसभाको समानुपातिकतर्फ आयोगले बन्दसूचीमा रहेको एक उम्मेदवारले १ लाख ५० हजार खर्च गर्न पाउने छन् ।
प्रदेशतर्फ २ सय २० सिट रहेकाले सबै उम्मेदवार बन्दसूचीमा रहेको पार्टीले ३ करोड ३ लाख खर्च गर्न पाउनेछन् । दलले प्रतिनिधिसभा र प्रदेशसभा गरेर जम्मा ५ करोड ५० लाखसम्म खर्च गर्न पाउने आयोगले जनाएको छ । प्रत्यक्षतर्फ प्रतिनिधिसभाको उम्मेदवारले एक उम्मेदवारले २५ देखि ३३ लाख र प्रदेश सभामा १५ देखि २३ लाख खर्च गर्न पाउने आयोगले सीमा तोकेको छ ।
आयोगले तोकेको खर्चको सीमा भन्दा बाहिर गएर दल र उम्मेदवारदले खर्च गरे नगरेको सुक्ष्म निगरानी गरिरहेको आयोगले जनाएको छ । ‘चुनावमा सरकारी स्रोत साधनको प्रयोग भए नभएको र आयोगले निर्वाचको लागि तोकेको खर्च सीमा भित्र भयो भएन भनेर हेर्न नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई सूक्ष्म ढंगले अनुगमन गर्न आग्रह गरेका छौँ,’ प्रमुख आयुक्त दिनेश थपलियाले भने ।

सम्बन्धित खबर