LIVE
मधेश प्रदेश सरकारले मनाइयो बलिदानी दिवस | बृहत्तरका तत्कालिन निर्देशक बलराम ठाकुर सरकारी छाप किर्ते आरोपमा पक्राउ | प्रदेश पर्यटन सम्बन्धी विद्येयक पारित | प्रदेश सभामा सरकार विरुद्ध उत्रे सत्ता र प्रतिपक्षी दलका साँसदहरु | जय ट्रफी मधेश र बागमती प्रदेश बीचको खेल बराबरीमा सम्पन्न | नेपाल प्रजातन्त्र सेनानी संघ मधेश प्रदेशको अध्यक्षमा वरिष्ठ पत्रकार साह सर्वसहमत | जय ट्रफीमा मधेसका ब्याट्समैनहरु बागमतिबिरुद्ध निरिह, पहिलो पारी १०२ रनमै सीमित | चिसोको कारण मधेशका जिल्लाको जनवीवन प्रभावित | २५ पुसदेखि पहिलो पटक मधेशमा सरकारी स्तरबाट एमबिबिएसको पठपाठन हुदै | मधेशमा स्थानीय सेवा ऐन संशोधनको माग गर्दै कर्मचारीहरूको धर्ना जारी |

नेपाली कांग्रेसले निर्वाचन आयोगसँग हेलिकोप्टर प्रयोग गर्न सहमति लिएको छ । मुख्य प्रचारकले आयोगको सहमतिमा हेलिकोप्टर प्रयोग गर्न पाउने प्रावधान छ । कांग्रेसले सभापति देउवालाई मुख्य प्रचारक बनाएर आयोगसँग सहमति लिएको हो ।
‘कांग्रेसलाई हेलिकोप्टरको सहमति दिइएको छ,’ आयोगका समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले भने । नेकपा एमालेलेले पनि अध्यक्ष केपी ओलीलाई मुख्य प्रचारक बनाएर हेलिकोप्टर प्रयोग गर्न आयोगबाट सहमति लिएको छ । मुख्य प्रचारकसँगै अर्को एक जनाले पनि हेलिकोप्टर प्रयोग गर्न पाउने छन् । माओवादी केन्द्रले भने आजसम्म पनि सहमति लिएको छैन ।
सम्भवतः मओवादीले आज सहमति लिने प्रवक्ता वाग्लेले बताए । आजदेखि चुनावी प्रचारप्रसार सुरु भएकाले ठूला दलले हेलिकोप्टरका लागि सहमति लिएका हुन् । आयोगले चुनाव प्रचारको लागि दल र उम्मेदवारलाई १७ दिनको समय दिएको छ ।
यो अवधिमा दल र उम्मेदवारले आमसभा, कोणसभा, र्‍याली निकाल्न पाउने छन् । आमसभामा सहभागी हुनका लागि शीर्ष नेताले पार्टीको खर्चमा हेलिकोप्टरको प्रयोग गर्न लागेका हुन् । आयोगले दलहरूको लागि खर्चको सीमा तोकेको छ । समानुपातिकको बन्दसूचीमा रहेका उम्मेदवारको संख्याको आधारमा आयोगले दलहरूको लागि खर्चको सीमा तोकेको हो ।
प्रतिनिधिसभाको समानुपातिकतर्फ बन्दसूचीमा रहेको एक उम्मेदवारले २ लाख खर्च गर्न पाउने छन् । बन्दसूचीमा ११० जना उम्मेदवार भएमा उक्त पार्टीले २ करोड २० लाखसम्म खर्च गर्न सक्नेछन् । प्रदेशसभाको समानुपातिकतर्फ आयोगले बन्दसूचीमा रहेको एक उम्मेदवारले १ लाख ५० हजार खर्च गर्न पाउने छन् ।
प्रदेशतर्फ २ सय २० सिट रहेकाले सबै उम्मेदवार बन्दसूचीमा रहेको पार्टीले ३ करोड ३ लाख खर्च गर्न पाउनेछन् । दलले प्रतिनिधिसभा र प्रदेशसभा गरेर जम्मा ५ करोड ५० लाखसम्म खर्च गर्न पाउने आयोगले जनाएको छ । प्रत्यक्षतर्फ प्रतिनिधिसभाको उम्मेदवारले एक उम्मेदवारले २५ देखि ३३ लाख र प्रदेश सभामा १५ देखि २३ लाख खर्च गर्न पाउने आयोगले सीमा तोकेको छ ।
आयोगले तोकेको खर्चको सीमा भन्दा बाहिर गएर दल र उम्मेदवारदले खर्च गरे नगरेको सुक्ष्म निगरानी गरिरहेको आयोगले जनाएको छ । ‘चुनावमा सरकारी स्रोत साधनको प्रयोग भए नभएको र आयोगले निर्वाचको लागि तोकेको खर्च सीमा भित्र भयो भएन भनेर हेर्न नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई सूक्ष्म ढंगले अनुगमन गर्न आग्रह गरेका छौँ,’ प्रमुख आयुक्त दिनेश थपलियाले भने ।

सम्बन्धित खबर