LIVE
मधेश प्रदेशका जिल्लाहरुमा लोक अस्थाको पर्व छठको रौनक | मुख्यमन्त्री सिँहद्वारा धनुषाका प्रहरी उपरीक्षक तिवारी सम्मानित | जनकपुर वारका सचिव आलमसहित पाँच जना सम्मानित | जनकपुरधाममा दिपावलीको धुमधाम | थाला परेको मधेशको अर्थतन्त्रलाई चाडपर्वले बनायो चलायमान | गाजामा आर्तनादको भयानक दृश्य,जुन एउटी नर्सले फोनमा रेकर्ड गरिन् | सिरहामा एक मलेसियन नागरिकसहित चारजनालाई पक्राउ | राष्ट्र संघबाट इजरायललाई हटाइनुपर्छ  | हिलोमा चिप्लेर हुने सवारी दुर्घटना रोक्न वर्षामै चालकहरुलाई सर्तक गराउँदै धनुषा ट्राफिक प्रहरी | जनकपुरधामसहित धनुषाको ट्राफिक व्यवस्ता चुस्त बनाउन प्रमुख वलीको सक्रियता |

ज्नकपुरधाम । धनुषाका सशस्त्र प्रहरीका एक वरिष्ठ सई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले रंगे हात पक्राउ गर्न सफल भएको छ ।
अख्तिार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटेको टोलीले धनुषाको सिमावर्ति क्षेत्र जटही नाकाका प्रमुख तथा वरिष्ठ सई देवकीलाल चौधरीलाई चार हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो । चौधरीलाई चार हजार रूपैयाँ घुससहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रदिप बहादुर क्षेत्रीले जानकारी दिए ।
चौधरीलाई नगराईन नगरपालिका–२ जटहिस्थित विनायक ईन्टर प्राईजेज (मदिरा पसल)बाट अख्तियारको टोलीले पक्राउ गरेको हो । स्थानीय एक व्यापारीसँग नेपालबाट भारतीय बजारमा मदिरा ओसारपोसारको गर्नको लागि घुस लिई रहेको अवस्थामा टोलीले चौधरीलाई पक्राउ गरेको बताईएको छ ।

सम्बन्धित खबर