LIVE
सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न |

सम्भवतः सबैभन्दा धेरैपटक मन्त्री हुने सूचीमा पर्छन् शरतसिंह भण्डारी । भण्डारी ०४३ सालमा पञ्चायतकालीन मन्त्रीदेखि गणतन्त्रकालसम्म गरी १५ पटक मन्त्री भइसकेका छन् । यसबीचमा आठपटक चुनावी प्रतिस्पर्धा गरेका छन् । त्यसमध्ये ६ पटक निर्वाचित भएका छन् । यी सबै चुनावी प्रतिस्पर्धा भने महोत्तरीबाट गरेका हुन् । यद्यपि, भण्डारीले चुनाव क्षेत्र भने पटकपटक फेरेका छन् ।
अहिले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता भण्डारी महोत्तरीको निर्वाचन क्षेत्र २ बाट चुनावी प्रतिस्पर्धामा छन् ।समय र परिस्थिति अनुसार आफ्नो निर्वाचन क्षेत्र परिवर्तन गर्ने भण्डारीलाई अहिले निर्वाचन क्षेत्र २ कति सहज छ, चासोको विषय बनेको छ ।

हुनलाई सत्ता गठबन्धनको उम्मेदवार भण्डारीसँग अर्को एमाले, जसपाको गठबन्धनका उम्मेदवारमात्र होइन्, आफ्ना पूर्वसहकर्मीसमेत चुनावी प्रतिस्पर्धामा छन् । एमाले,जसपा गठबन्धनबाट डा.रामपरीक्षण यादव र तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) का वरिष्ठ नेता डा.विजय सिंहले भण्डारीलाई चुनौती दिइरहेका छन् ।

महोत्तरीबाट निर्वाचित भएर पटकपटक मन्त्री भए पनि अपेक्षित काम नगरेको आरोप भण्डारीमाथि लाग्ने गरेको छ । असन्तोषको यो मत पनि भण्डारीको चुनौतीको रूपमा देखिएकाे छ ।यादव—मुस्लिम फ्याक्टर भण्डारीको निर्वाचन क्षेत्रमा यादव र मुस्लिम सामुदायको उल्लेख्य मत रहेको छ।राजनीतिका पुराना चतुर खेलाडी भण्डारीले यो निर्वाचनमा पनि जातीय समिकरणलाई सन्तुलन राख्न खोजेका छन् । यादव र मुस्लिम समुदायको मत सहजै पाउने हो भने जित निकाल्न सजिलो हुन्छ ।

त्यही बुझेर भण्डारीले सत्ता गठबन्धनमा प्रदेश सभाको क बाट मुस्लिम सामुदायका नेता जयनुल राईन र ख बाट नेपाली कांग्रेसका जिल्ला सभापति नागेश्वर यादवलाई उम्मेदवार बनाएका छन् ।सत्ता गठबन्धनकाे निर्णय अनुसार सो क्षेत्रको प्रदेशसभा क बाट नेकपा एकीकृत समाजवादी पार्टीकी मञ्जु यादवले टिकट पाउनुपर्ने थियो । तर, नेता भण्डारीले मुस्लिम मतदातालाई आकर्षित गर्न गठबन्धनको निर्णयविपरीत आफ्नै पार्टीका नेता राईनलाई मैदानमा उतारे । नेता राईन यसअघि सोही क्षेत्रबाट प्रदेशसभामा निर्वाचित भएका थिए । मञ्जुले पनि आफू सत्तारुढ गठबन्धन दलकै उम्मेदवार भएको भन्दै प्रतिनिधिसभामा नेता भण्डारी र प्रदेशसभामा आफ्नो मत मागिरहेकी छन् ।

आफ्नैको डर भण्डारीलाई चुनावमा आफ्नै पार्टीका प्रदेशसभाका बागी उम्मेदवारले पनि समस्या गरिरहेको देखिन्छ । लोसपाकै नेता जानकीराम साह प्रदेशसभाको क मा र लोसपाकै नेतृ सुरिता साह ख बाट बागी भई स्वतन्त्र उम्मेदवारी दिएका छन् । जानकीराम यसअघि समानुपातिक सांसद थिए भने सुरिता प्रदेश ख को निर्वाचित सासद थिइन् । प्रतिनिधिसभामा यी दुवैले कसलाई समर्थन गर्ने भन्ने अहिले सम्म खुलेको छैन । उनीहरू प्रदेशसभामा मात्रै आफ्नो मत मागिरहेका छन् ।चुनावी समिकरणमा यी दुवैले पनि फेरबदल गर्न सक्ने स्थानीयहरू टिप्पणी गरिरहेका छन् । त्यसैगरी, कुनै समय नेता भण्डारीकै निकट मानिएका संविधानसभा सदस्य धीरेन्द्र साह पनि एमाले–जसपा गठबन्धनबाट याे क्षेत्रको प्रदेशसभाको क मा उम्मेदवार छन् । साहले पनि भण्डारीको मत आफूतिर तान्ने देखिन्छ ।

लोसपाका युवा नेता ज्ञानेन्द्रकुमार झा (ज्ञानु)ले भने, ‘भण्डारीको चुनाव जित्ने एउटा आधार मात्र होइन, उहाँ यो क्षेत्रको विकास निर्माणदेखि कृषि, सिँचाइ लगायतका क्षेत्रमा धेरै काम गर्नुभएको छ । त्यसैले अन्य उम्मेदवारले फरक पार्दैन ।’झाले रातु नदीको कटान राेकेर जनधनको क्षति न्यूनीकरण, यातायात व्यवस्थाको सुधार, नदीको कटान क्षेत्रमा तटबन्धन र नदीमा पुल निर्माणको कामलाई भण्डारीले प्राथमिकता दिएको दाबी गरे । झाले भने, ‘अर्को कुरा उहाँ गठबन्धनको दल लोसपाका वरिष्ठ नेता हाे र यो क्षेत्रका गठबन्धन दलको निकै राम्रो संगठन र जनस्तरमा पनि उहाँको सम्पर्क राम्रो छ । अन्य नेताभन्दा उहाँको प्रवृति पनि फरक हो ।

त्यसकारण उहाँलाई विकल्प अन्य कुनै नेता होइन यो क्षेत्रमा ।’अर्कोतर्फ तमलोपाका वरिष्ठ नेता डा.विजयकुमार सिंह पनि याे क्षेत्रमा बलियो उम्मेदवारको रूपमा हेरिएकाे छ । यो निर्वाचन क्षेत्रमा पर्ने महोत्तरी गाउँपालिकामा तमलोपाले जितेको छ । पार्टी नयाँ भएर पनि डा. सिंहको राजनीतिक पृष्ठभुमि मधेसकेन्द्रीत पार्टीकै भएको दलीय गठबन्धनले असन्तुष्ट मधेसवादी पक्षधरहरूले डा.सिंहलाई सहयोग गरिरहेको छ । संविधानसभा सदस्यसमेत रहिसकेका डा.सिंह बौद्धिक नेताको रूपमा परिचित छन् । उनी केही महिनाअघिसम्म महन्थ ठाकुर र भण्डारीकै साथमा थिए । लामो समयदेखि चिकित्सक पेशामा लागेका कारणले पनि सो क्षेत्रका आमजनतामा पनि डा.सिंह व्यक्तिगत रूपमा परचित छन् ।

जातीय हिसाबले विश्लेषण गर्ने हो भने उनी ‘फरवार्ड समुदाय’का एक्ला उम्मेदवार हुन् । फेरि डा. सिंहले प्रदेशसभामार्फत जातीय समिकरण पनि मिलाएको देखिन्छ । उनले प्रदेश सभाको क मा मुस्लिम सामुदायबाट मोहम्मद इदरिस राईन र प्रदेशसभा ख बाट वैश्य सामुदायबाट युवा नेता रामकृपाल साहलाई उम्मेदवार बनाएका छन् ।डा.सिंह मधेसकेन्द्रीत पार्टीबाट राजनीतिमा आए पनि उनको परिवारिक पृष्ठभूमि भने कांग्रेस पार्टीसँग जोडिएको छ । डा.सिंहका दाइ महेश्वर सिंह कांग्रेसका महोत्तरीका चर्चित नेता थिए ।

सो क्षेत्रमा कांग्रेसको संगठन बनाउन सिंहको महत्वपूर्ण भूमिका मानिन्छ । उम्मेदवार डा.सिंहले आफ्नाे चुनावी अभियानमा पनि सो कुरालाई जोड दिँदै आएका छन् । याे क्षेत्रमा कांग्रेसको राम्रो संगठन भए पनि कांग्रेसबाट उम्मेदवार नहुँदा नेता भण्डारीसँग असन्तुष्ट पक्षको सहयोग डा.सिंहलाई हुने चर्चा छ ।एमालेको टक्करएमालेले सो क्षेत्रका डा. रामपरीक्षण यादवलाई उम्मेदवार बनाएको छ । उनीसँगै प्रदेशसभाको क बाट समानुपातिक कोटामा संविधानसभा सदस्य भएका धीरेन्द्र साह र ख बाट २०७० सालामा जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा पराजित भएका लक्ष्मीनारfयण चौधरीलाई उम्मेदवार बनाएको छ । चौधरी भने पूर्व कर्मचारी हुन् ।

सो क्षेत्रमा यादव उल्लेख्य रहेको र यादवबाट डा. रामपरीक्षण मात्रै उम्मेदवार भएकोले उनलाई पनि बलियो उम्मेदवारको रूपमा लिइन्छ ।सत्तारुढ गठबन्धन दलका कांग्रेसले सो क्षेत्रमा किरण यादवलाई उम्मेदवार नबनाउँदा कांग्रेसका असन्तुष्ट र यादव पक्षको मत डा. यादवमा जाने सम्भावना बलियाे रहेकाे विश्लेषण भइरहेको छ । त्यसरी यादवले मत तानेको अवस्थामा भने भण्डारीलाई थप सकस पर्न सक्छ । पहिलोपटक चुनावी मैदानमा उत्रेका डा. यादव स्थानीय भएको नाताले जनसम्पर्क पनि राम्रो मानिन्छ । तर सो क्षेत्रमा एमालेको संंगठन कमजोर छ । गत स्थानीय तहको चुनावमा एमालेले एउटा पनि पालिका जित्न सकेको छैन ।

अर्को कुरा यादवभित्र पनि डा.यादव राजनीतिमा स्थापित भए भोलिका दिनमा कांग्रेस नेतृ किरण यादवलाई समस्या हुन सक्ने ढंगले पनि विश्लेषण गरिन्छ । त्यस्तो मनोविज्ञानले काम गर्दा भने भण्डारीले फाइदा पुग्नेछ । कांग्रेसका एक नेताका अनुसार डा.यादवलाई राम्रो मत ल्याउन यादव सामुदायको सहयोग रहन्छ । ती नेताको दाबीमा सो क्षेत्रमा यादव सामुदायको वर्चश्व देखाउन एक तप्का उनलाई सहयोग गर्ने मनसायमा रहेका छन् ।

ती नेताले शिलापत्रसँग भने, ‘ उनलाई जिताएर स्थापित गरेमा र याे क्षेत्रमा वाम पार्टीको संगठन बलियो भएको खण्डमा भविष्यमा कांग्रेस, लोसपाजस्ता पार्टीलाई समस्या हुने भएकाले एक तप्का नेता भण्डारी वा तमलोपाका उम्मेदवार डा.विजय सिंहलाई सहयोग गर्नुपर्ने मनसायमा देखिन्छ ।’एमालेका नेता नागेन्द्र चौधरी भने यादवको पक्षमा माहोल बढ्दै गएको बताउँछन् । चौधरीले भने, ‘गत स्थानीय तहमा हाम्रो पार्टीले राम्रो प्रदर्शन गर्न नसके पनि याे क्षेत्रमा पार्टीको संगठन राम्रो छ । फेरि हाम्रो उम्मेदवार सो क्षेत्रको जनतासँग भिजेका र उहाँहरूको सुख दुःखमा रहेर काम गरेका व्यक्ति हुन् ।’

सम्बन्धित खबर