LIVE
आजको मौसम : चट्याङसहित वर्षा र हावाहुरीको सम्भावना | जनकपुरधामका राईन दम्पतीलाई हज यात्रा अघि इस्लाम समाज सेवा समितिद्वारा सम्मान | न्यायका लागि सरोकारबारलाई गुहार लगाउँदै सर्लाहीका अन्सारी परिवार, पीडितलाई न्याय दिलाउने पुर्व गृहराज्यमन्त्री अन्सारीको प्रतिवद्धता | जनमत पार्टीका नेता सहनी र कुँवरद्धारा एकैदिन पाँच योजनाको शिलान्यास | सुगुरको खोरमा थुनेर मुस्लिमलाई कुटपिट, अभियुक्तहरु छुटाउन प्रशासनलाई दबाब, कडा कारर्वाही गर्न अध्यक्ष अन्सारीको माग | वाटरल्यान्ड पार्कमा झडपको क्रममा १० जना विद्यार्र्थी पक्राउ | मधेशका गौरवका दुधमति नदीको संरक्षण एवं सौन्दर्यकरण आयोजनामा तिव्रता | आगामी आवको बजेट तयारीमा मधेश सरकार ः चालू वर्षको बजेटभन्दा १४ अर्ब कमको तोकियो सिलिङ | मुख्यमन्त्री सिँहद्वारा विद्यालय अनुगमन | मेयर र उपमेयर बीचको विवादको कारण क्षिरेश्वरनाथ नपाको विकास प्रभावित |

जनकपुरधाम,। धनुषामा सवारी दुर्घटना परेर एक नवजात शिशुको मृत्यु भएको छ । सोही दुर्घटनामा ६ जना गम्भीर घाइते भएका छन् । धनषा जिल्लाको लक्ष्मीनिया गाउँपालिकामा ना ३ च ३५७५ नम्बरको बोलेरो अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले बताए। दुर्घटनामा परि गम्भीर घाइते भएकाहरुको नाम र ठेगाना खुल्न नसकेको प्रवक्ता क्षेत्रीले बताए ।जनकपुरधामबाट ढल्केबर तर्फ गईरहेको सो बोलेरो लक्ष्मीनियाको सेन्ट्रल हस्पिटल अगाडि अनियन्त्रित भई दर्घटना भएको प्रहरी बताए।दुर्घटनामा परेर गम्भीर घाइते भएकाहरुको सेन्ट्रल हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाए । यस सम्बन्धमा थप विवरण आउन बाँकी रहेको छ ।

सम्बन्धित खबर