LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम,। धनुषामा सवारी दुर्घटना परेर एक नवजात शिशुको मृत्यु भएको छ । सोही दुर्घटनामा ६ जना गम्भीर घाइते भएका छन् । धनषा जिल्लाको लक्ष्मीनिया गाउँपालिकामा ना ३ च ३५७५ नम्बरको बोलेरो अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले बताए। दुर्घटनामा परि गम्भीर घाइते भएकाहरुको नाम र ठेगाना खुल्न नसकेको प्रवक्ता क्षेत्रीले बताए ।जनकपुरधामबाट ढल्केबर तर्फ गईरहेको सो बोलेरो लक्ष्मीनियाको सेन्ट्रल हस्पिटल अगाडि अनियन्त्रित भई दर्घटना भएको प्रहरी बताए।दुर्घटनामा परेर गम्भीर घाइते भएकाहरुको सेन्ट्रल हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाए । यस सम्बन्धमा थप विवरण आउन बाँकी रहेको छ ।

सम्बन्धित खबर