LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम,। प्रचारप्रसारको क्रममा आचारसंहिता उल्लंघन गरेको भन्दै स्थानीय प्रशासनले धनुषाबाट उम्मेदवारहरुको एकदर्जन बढी सवारी साधन नियन्त्रणमा लिएको छ ।धनुषाको निर्वाचन क्षेत्र नम्बर–३ का विभिन्न उम्मेदवारहरुको प्रचारमा आचारसंहिता विपरीत प्रयोग गरिएको गाडी नियन्त्रणमा लिइएको बताए । धनुषा ३ मा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार जुलीकुमारी महतो, प्रदेशसभा (क) का उम्मेदवार जितेन्द्रकुमार यादव सत्तारुढ गठबन्धनको तर्फबाट धनुषा–३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अनिल झा,३(क) का प्रदेशसभा सदस्य पदका उम्मेदवार रामसरोज यादव, प्रदेशसभा ३ (ख) का उम्मेदवार दिपेन्द्र ठाकुर, लगायत अन्य उम्मेदवारहरुले ब्यानर झुण्ड्याएको करिव एक दर्जन सवारी साधन धनुषा प्रहरीले नियन्त्रणमा लिएको हो ।

आचारसंहिताविपरीत सवारी साधनमा ठुला–ठुला ब्यानर झुण्ड्याएको, अत्यधिक ध्वनी प्रदुषण हुनेगरि डिजेमा प्रचारप्रसार गरेकोलगायतका गतिविधिहरु गरेकोले नगरभित्रका विभिन्न चोकहरुबाट नेपाली तथा भारतीय नम्बरप्लेटका सवारी साधनहरु नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले जानकारी दिए ।डिएसपी क्षेत्रीले सो बिषयबारे थप अनुसन्धान गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयको जिम्मा लगाइएको बताए ।

सम्बन्धित खबर