
जनकपुरधाम,। प्रचारप्रसारको क्रममा आचारसंहिता उल्लंघन गरेको भन्दै स्थानीय प्रशासनले धनुषाबाट उम्मेदवारहरुको एकदर्जन बढी सवारी साधन नियन्त्रणमा लिएको छ ।धनुषाको निर्वाचन क्षेत्र नम्बर–३ का विभिन्न उम्मेदवारहरुको प्रचारमा आचारसंहिता विपरीत प्रयोग गरिएको गाडी नियन्त्रणमा लिइएको बताए । धनुषा ३ मा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार जुलीकुमारी महतो, प्रदेशसभा (क) का उम्मेदवार जितेन्द्रकुमार यादव सत्तारुढ गठबन्धनको तर्फबाट धनुषा–३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अनिल झा,३(क) का प्रदेशसभा सदस्य पदका उम्मेदवार रामसरोज यादव, प्रदेशसभा ३ (ख) का उम्मेदवार दिपेन्द्र ठाकुर, लगायत अन्य उम्मेदवारहरुले ब्यानर झुण्ड्याएको करिव एक दर्जन सवारी साधन धनुषा प्रहरीले नियन्त्रणमा लिएको हो ।
आचारसंहिताविपरीत सवारी साधनमा ठुला–ठुला ब्यानर झुण्ड्याएको, अत्यधिक ध्वनी प्रदुषण हुनेगरि डिजेमा प्रचारप्रसार गरेकोलगायतका गतिविधिहरु गरेकोले नगरभित्रका विभिन्न चोकहरुबाट नेपाली तथा भारतीय नम्बरप्लेटका सवारी साधनहरु नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले जानकारी दिए ।डिएसपी क्षेत्रीले सो बिषयबारे थप अनुसन्धान गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयको जिम्मा लगाइएको बताए ।