LIVE
मेयर र उपमेयर बीचको विवादको कारण क्षिरेश्वरनाथ नपाको विकास प्रभावित | धनुषाबाट हजका लागि सउदी अरब जान लागेका हज यात्रीलाई विदाई तथा सम्मान | महोत्तरीे भंगाहाकी एक किशोरीलाई विहेको प्रलोभन देखाई जबरजस्ती करणी गरेको आरोप | भारत–पाकिस्तान बीचको तनावले सिमावर्ती क्षेत्रमा उच्च सतर्कता, आवतजावतमा कडाई | रंगशालाको जग्गाको भाडा बढाएपछि जनप्रतिनधीले गरे मुख्यमन्त्री सिंहसँग गुनासो | केही सञ्चारमाध्यममा आएको समाचार झुठो रहेको भन्दै जनमतको अधिकारिक स्पष्टीकरण | झडपका कारण एमाले धनुषा अधिवेशन अनिश्चित | एमाले धनुषाको नयाँ नेतृत्वको लागि आज निर्वाचन हुँदै, अध्यक्षमा भोला र लक्ष्मीनारायण बीच प्रतिस्पर्धा | मधेश प्रदेशमा आज सार्वजनिक विदा | नेकपा एसले मुख्यमन्त्री सिंहलाई ५२ बुँदे ज्ञापनपत्र बुझाए |

जनकपुरधाम  जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले सोमबार दिनभरीमा ७ वटा चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् । धनुषा जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा ६ वटा चुनावी सभा र महोत्तरीमा एउटा गरी सातवटा चुनावी सभालाई सम्बोधन गर्ने पार्टीले जनाएको छ ।
जनमत पार्टीका नेता बीपी साहका अनुसार डा.राउतले सोमबार विहान ७ बजे महोत्तरी ४ क को श्रीपुरमामा सम्बोधन गर्नेछन् । उनका अनुसार धनुषा निर्वाचन क्षेत्र नं। ३ को बहुर्वामा विहान ८ः३० बजे र बेरिया बजार मुखियापटी मुसरनियामा १० बजे डा।राउतले सम्बोधन गर्नेछन् ।
यसैगरी, धनुषा निर्वाचन क्षेत्र नं। १ को सबैला बजार ९अस्पताल छेउमा दिउँसो १२ः३० बजे र हंसपुर नगरपालिको सुगानिकास बजारमा २ बजे डा।राउतले विशाल जनसभालाई सम्बोधन गर्ने नेता साहले बताए ।यसैगरी, धनुषा निर्वाचन क्षेत्र नं।२ को डुमरियामा ३ बजे र धनुषा निर्वाचन क्षेत्र नं.४ को सिंगरजोडामा ५ बजे डा.राउतले सम्बोधन गर्नेछन् ।यसैगरी मंगलबार डा।राउतले सिरहा जिल्लाको विभिन्न स्थानमा चुनावी सभालाई सम्बोधन गर्नेछन् ।

सम्बन्धित खबर