LIVE
मासूम बालक बने मानवताको उदाहरण, नेपालका बाढीपीडितलाई सहयोग गर्न आफ्नै गुल्लक हस्तान्तरण | भोटेकोशी बाढीपीडितका लागि हमीद रेजाद्वारा ५ लाख सहयोग | भोटेकोशी बाढीपीडितलाई रविउन नुर कमिटीको पहलमा झण्डै पाँच लाखको राहत | कम लागतमा बढी आम्दानी : धनुषाका किसानलाई कृषि व्यवसायमा जोड्ने पहल | जलेश्वर कारागारका कैदीबन्दीद्वारा प्रधानमन्त्री विपद् राहत कोषमा १ लाख जम्मा | श्रीमानको फोनको प्रतिक्षामा पुजा साह | भोटोकोशिमा आएको बाढी कारण मधेश प्रदेशमा १६२ जना अझै वेपत्ता | नेपालमै पहिलोपटक बृहत् यौनिकता शिक्षाको नीति कार्यान्वयनमा भंगहा नगरपालिका | ८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली |

जनकपुरधाम । तराई मधेश लोकतान्त्रिक पार्टीका नेता तथा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ को (ख)बाट प्रदेश सभा सदस्यका उम्मेदवार असगर अलीले घरदैलौ कार्यक्रमलाई तिव्रता दिएका छन् ।
धनुषा निर्वाचन क्षेत्र नम्बर ३ को ख मा पर्ने वडाहरुको उम्मेदवार अलीले घरदैलौ कार्यक्रमलाई तिव्रता दिएका हुन् । घरदैलो कार्यक्रम अन्तर्गत उनी आईतवार जनकपुरधाम वडा नम्बर ८ मा घरदैलौ कार्यक्रम गरेका हुन् । घरदैलौ कार्यक्रममा उम्मेदवार अलीलाई सर्वसधारण जनताले ठाँउमा स्वागत गर्दै सफलताको शुभनाका समेत दिने गरेका छन् ।
आईतवार घरदैलो कार्यक्रम पश्चात आयोजना गरिएको घोषणालाई सम्बोधन गर्दै नेता अलीले म नेता होईन जनकपुरधामको बेटाको रुपमा जनकपुरधामवासीलाई सेवा गर्न उम्मेदवारी दिएको बताए । ‘म यो शहरमा जम्मे हुर्केको छु, यहाँको माटोसँग प्रेम छ, यहाँको धर्मसास्कृतिसँग औधी लगाव छ,उम्मेदवार अलीले भने,‘ म उपमेयर हुदाँ गरेको विकास निर्माणको कामको मुल्याङ्गकन गरेर मतदान गर्नु होला । अन्य पार्टीका नेताहरु जस्तो दलबदलु र अवसरवादी होईन । मसँधै जनकपुरधामवासीकै सेवामा ४५ वर्ष खर्जेको छु ।मैले जनकपुर र जनकपुरवासीको लागिको गरेको योगदानलाई एक पटक मतदान गर्नु अघि सम्झिनु होला ।’


अर्को प्रशंगमा उम्मेदवार अलीले मधेशी जनताको हक अधिकारको सवालमा सबै राष्ट्रिय पार्टीहरु एउटै मानसिकता रहेको आरोप लगाए ।
मधेश केन्द्रित दलहरु सत्ता स्वार्थका कारण मधेशको एजेण्डा छोडेर मधेश विरोधी पार्टीसँग चुनावी सहकार्य गरेको दावि गर्दै नेता अलीले भने,‘ अव मधेश केन्द्रितहरुको प्राथमिकतामा मधेश र मधेशी जनता रहनन्, उनीहरु आफ्नो सत्ता र स्वार्थ सिद्ध गर्न कोही काँग्रेस माओवादीसँग त केही एमालेसँग चुनावी गठबन्धन गरेका छन् । उनीहरुलाई मधेश र मधेशी एजेण्डासँग अव कुनै सरोकार रहनन् ।’


संविधान अझै संसोधन नभएर अझै मधेशीको हितमा हुन सकेको छैन, नागरिकता ऐन पास नहुदाँ लाखौ मधेशीका सन्तान नागरिकताबाट वंचित भएका कारण उच्च शिक्षा र रोजगार पाउन सकेका छैनन्, उम्मेदवार अलीले भने,‘ मधेश आन्दोलन तका आफ्ना ज्यानका समेत प्रभाव नगरि लागेहरुमाथि अहिले विभिन्न मुद्दाहरु छन्, सो मुद्दा धेरै कारागार जीवन बिताई रहेका छन्, तर उनीहरुलाई रिहा गराउन मधेश केन्द्रित दलहरु सकेनन् । मात्रै सत्ताको लागि सहमतिको नाटक गरेर पालैपालो सत्तामा पुगे ।तर मधेश मुद्दा जहाँको त्यही छ ।’

सम्बन्धित खबर