जनकपुरधाम ।
नेपाल भारत पौराणिक कालदेखि रहेको बेटीरोटिको सम्बन्धलाई अझ प्रगाढ बनाउन सीमावर्ती भारत मधुवनी जिल्लाकि महिलाहरु जनकपुरधाम पुगेका छन् ।
गाउ विकास मंचको आयोजनामा ूजानकी जन संम्वादू कार्यक्रम लिएर सितामढीका महिला प्रतिनिधी मंडलहरु शनिवार जनकपुरधाममा नेपाल भारत खुला सीमा सम्वाद समुहका प्रतिनिधीहरुसंग भेट गर्दै पहिलेको तुलनामा दुवै देशविच रहेको बैबाहिक सम्बन्धमा ह्रास भएकोमा किन्ता बक्त गर्दै दुबै तिरको नागरिक बिच यस बिषयमा छलफल हुनु पर्नेमा जोर दिएको छ।जनकपुरधामको रौनियार धर्मशालाको सभाहलमा आयोजना गरिएको कार्यक्रममा नेपाल भारत खुला सीमा सम्वाद समुहका अध्यक्ष राजीव झाले मंचका प्रतिनिधीहरुलाई स्वागत गर्दै नेपाल भारतमा रहेको बेटीरोटी नातामा आएको खटास केहि राजनीतिक दलको दुराभावनाको कारणले भएको वताए ।
नागरिकता समस्याको कारण माता सिता र भगवान राम कालको सम्बन्धमा खटास उत्पन्न भएको छ।यसका लागि सम्वाद समुहले आफनो तवरबाट नेपालमा पहल गर्दै आएको वताउदै भारतमा पनि मंचले नेपाल भारत विचको सम्वन्ध सुदृढ राख्न सरकारलाई दबाब दिनुपर्ने वताए ।
सो कार्यक्रममा गाउ विकास मंचकि प्रतिनिधीहरुले परापुर्वकाल देखि नेपालको छोरी भारतमा र भारतकि छोरी नेपालमा वैवाहिक नातामा वाधिदै आएकोले नागरिकतामा देखिएको समस्या समाप्त हुनुपर्ने वताईन । दुवै देशले आफना बुहारीलाई विवाह पश्चात तुरुन्तै नागरिकता दिनुपर्ने प्रावधान ल्याएर बेटिरोटीको नातालाई कायम राख्नुपर्ने वताए ।सिमामा कुनै पनि बाधा अबरोध मान्य नहुने केही परे सीमामा वस्ने नागरिकसंग छलफल गरि अगाडी बढनुपर्नेमा महिला प्रतिनिधीहरुको जोड रहेको थियो ।
कार्यक्रममा मंचकि प्रतिनिधीहरु रंजू कुमारी, सीमा वर्मा,अंशु कुमारी प्रिया कुमारी, गुडिया कुमारी, आभा रानी, मुस्कान कुमारी, मोनिका झा, नेहा झा, पल्लवी कुमारी ,अरुणा कुमारी, रुस्तम आजाद ,नागेंद्र प्रसाद सिंह,भारतीय संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।
© 2025: Fact Samachar | All right reserved | Privacy Policy