LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम ।
नेपाल भारत पौराणिक कालदेखि रहेको बेटीरोटिको सम्बन्धलाई अझ प्रगाढ बनाउन सीमावर्ती भारत मधुवनी जिल्लाकि महिलाहरु जनकपुरधाम पुगेका छन् ।
गाउ विकास मंचको आयोजनामा ूजानकी जन संम्वादू कार्यक्रम लिएर सितामढीका महिला प्रतिनिधी मंडलहरु शनिवार जनकपुरधाममा नेपाल भारत खुला सीमा सम्वाद समुहका प्रतिनिधीहरुसंग भेट गर्दै पहिलेको तुलनामा दुवै देशविच रहेको बैबाहिक सम्बन्धमा ह्रास भएकोमा किन्ता बक्त गर्दै दुबै तिरको नागरिक बिच यस बिषयमा छलफल हुनु पर्नेमा जोर दिएको छ।जनकपुरधामको रौनियार धर्मशालाको सभाहलमा आयोजना गरिएको कार्यक्रममा नेपाल भारत खुला सीमा सम्वाद समुहका अध्यक्ष राजीव झाले मंचका प्रतिनिधीहरुलाई स्वागत गर्दै नेपाल भारतमा रहेको बेटीरोटी नातामा आएको खटास केहि राजनीतिक दलको दुराभावनाको कारणले भएको वताए ।
नागरिकता समस्याको कारण माता सिता र भगवान राम कालको सम्बन्धमा खटास उत्पन्न भएको छ।यसका लागि सम्वाद समुहले आफनो तवरबाट नेपालमा पहल गर्दै आएको वताउदै भारतमा पनि मंचले नेपाल भारत विचको सम्वन्ध सुदृढ राख्न सरकारलाई दबाब दिनुपर्ने वताए ।
सो कार्यक्रममा गाउ विकास मंचकि प्रतिनिधीहरुले परापुर्वकाल देखि नेपालको छोरी भारतमा र भारतकि छोरी नेपालमा वैवाहिक नातामा वाधिदै आएकोले नागरिकतामा देखिएको समस्या समाप्त हुनुपर्ने वताईन । दुवै देशले आफना बुहारीलाई विवाह पश्चात तुरुन्तै नागरिकता दिनुपर्ने प्रावधान ल्याएर बेटिरोटीको नातालाई कायम राख्नुपर्ने वताए ।सिमामा कुनै पनि बाधा अबरोध मान्य नहुने केही परे सीमामा वस्ने नागरिकसंग छलफल गरि अगाडी बढनुपर्नेमा महिला प्रतिनिधीहरुको जोड रहेको थियो ।
कार्यक्रममा मंचकि प्रतिनिधीहरु रंजू कुमारी, सीमा वर्मा,अंशु कुमारी प्रिया कुमारी, गुडिया कुमारी, आभा रानी, मुस्कान कुमारी, मोनिका झा, नेहा झा, पल्लवी कुमारी ,अरुणा कुमारी, रुस्तम आजाद ,नागेंद्र प्रसाद सिंह,भारतीय संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित खबर