LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अब प्रधानमन्त्री बन्न सम्भव नरहेको बताएका छन्।
आज लोकतान्त्रिक-वाम गठबन्धनले दार्चुलाको गोकुलेश्वरमा गरेको आमसभामा बोल्दै प्रचण्डले आफूले नै प्रस्ताव गरेर ओलीलाई २ पटक प्रधानमन्त्री बनाएको र अब ओली प्रधानमन्त्री बन्ने सम्भावना नरहेको बताए।‘संविधान बनाउन सहमत हुनुस् प्रधानमन्त्री दिन्छु भनेर पहिलो पटक ओलीलाई प्रधानमन्त्री दिएको हो। वाम एकतापछि दोस्रो पटक ओलीलाई मेरै प्रस्तावमा प्रधानमन्त्री बनाएको हो। अब ओली तेस्रो पटक प्रधानमन्त्री बन्न सम्भव छैन,’ प्रचण्डले भने, ‘अब प्रधानमन्त्री बनेर देखाउनुस् ओलीजी भनेर मैले संसदमै भनेको थिएँ।’
ओलीले चुनावी सभाहरूमा पुगेर एमालेलाई बहुमत दिन आग्रह गरिरहेको प्रसंग निकाल्दै प्रचण्डले ओलीलाई किन चाहियो बहुमत भनेर प्रश्न पनि गरेका थिए।
‘मलाई के अनौठो लाग्छ भने केपी ओलीले अहिले फेरि मलाई बहुमत चाहियो। बहुमतको सरकार बनाउँछुभन्दा मलाई आफैँलाई लाज लाग्ने गर्छ। दुई तिहाइको आफ्नो भएखाँदाको सरकार विघटन गर्ने। दुईतिहाइ बहुमतको संसद विघटन गर्ने। विशाल पार्टीलाई सेटिङ मिलाएर टुक्राटुक्रा पार्ने केपी ओली कुन नैतिकताले जनताका अघि बहुमत माग्ने? केपी ओलीलाई किन बहुमत चाहियो? संविधान च्यात्न सकिनँ भनेर संविधान च्यात्न बहुमत चाहियो?’ प्रचण्डले प्रश्न गरे, ‘बचेखुसेको कम्युनिष्टलाई ध्वस्त पार्न बहुमत चाहिएको हो? होइन भने जनताले बहुमत दिएको थियो पहिले।’
ओलीले केही समयअघि दार्चुला पुगेर गुमेको भूमि फिर्ता ल्याउने बताएका थिए। ओलीका उक्त भनाइप्रति टिप्पणी गर्दै प्रचण्डले नक्सामात्रै बनाएर नहुने र कुटनीतिक तवरबाट भारतसँग कुरा गर्नुपर्ने बताए।
‘भारतसँग कुरा गर्नुपर्छ भन्दा उहाँ (ओली) कहिल्यै हिम्मत नगर्ने सबैभन्दा कायर मानिस पनि हो केपी ओली,’ प्रचण्डले भने, ‘मानिसहरूले ठान्छन् बहादुर होला, होइन। विल्कुल होइन। चुनाव आएपछि ओली राष्ट्रवादको कुरा गर्दै गोहीको आँशु चुहाउँछन्। यो कुरा सबैले बुझ्न जरूरी छ।’ओलीले चुनाव आएपछि राष्ट्रवादको कुरा गर्ने आरोप प्रचण्डको थियो। ‘उनी चुनाव आएपछि राष्ट्रवादको कुरा गर्छन्। सरकारमा गएपछि लम्पसार पर्छन् केपी ओली। मैले नजिकबाट देखे, सुनेर धेरै ज्ञान प्राप्त गरेर अहिलेको गठबन्धन बनाएको हो,’ उनले भने, ‘ओलीको गठबन्धन हेर्नुस् त सामान्तहरूसँग गठबन्धन छ। हलोसँग छ के-केसँग छ। केपी ओली पाखण्डी मानिस हो भनेर म यहाँ पोल खोलिदिन सक्छु।’
उनले प्रतिगमन हराउन गठबन्धन बनाएको पनि बताएका थिए। उनले दिलेन्द्र बडूलगायतलाई चुनाव जिताएर पठाएमा मन्त्री बनाउने बताएका थिए।

सम्बन्धित खबर