LIVE
एमाले बाहिरिएपछि मधेशमा नयाँ सरकारको कसरत | आमिन हत्या प्रकरण ः आरोपीका आमाबुवासमेत कानुनी घेरामा | अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन |

कार्तिक २३ गते ।
धनुषा क्षेत्र नंं ३ मा सत्ता गठबन्धनका उम्मेदवारहरुविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । उम्मेदवारी खारेजीको माग गर्दै विद्यापति स्मारक पर्वका संरक्षक चन्द्रमोहन चौधरीले जनकपुरधाम स्थित मुख्य निर्वाचन अधिकृतका कार्यालयमा उजुरी दर्ता गराएका हुन् ।
गत आइतबार जनकपुरधाममा सम्पन्न विद्यापति स्मारक पर्वमा प्रमुख अतिथिको रुपमा काँग्रेस पूर्व सभापति तथा धनुषा क्षेत्र नं. ३ बाट समानुपातिक उम्मेदवार बिमलेन्द्र निधि, विशिष्ट अतिथिमा प्रत्यक्ष उम्मेदवार अनिलकुमार झा र ३ (ख)का उम्मेदवार प्रमेश्वर साह सहभागी थिए । उनीहरुले निर्वाचनको बेलामा सम्मान गरेर कार्यक्रममा बोलाउँदा पार्टीको नारा लगाएर आचार संहिता उलंघन गरेका आयोजनकका आरोप छ ।उनीहरुले भिडियो क्लिप बनाई समाजिक संजालमा शेयर गरी संस्थाको मान मर्दन गरी आचारसंहिता उलंघन गरेको भन्दै उम्मेदवारी खारेजका लागि उजुरी दिएको संरक्षक चौधरीले बताए ।

सम्बन्धित खबर