LIVE
“अबकी बार बालेन सरकार ः जनकपुरबाट बालेन–रवि लामिछानेको कडा सन्देश” | नेकपा एमाले मधेश प्रदेशको ३२ मध्ये २७ क्षेत्रका उम्मेदवारको नाम गरे सार्वजनिक | मधेश प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा राजकुमार सिंह नियुक्त | बालेन र रविलाई स्वागतगत गर्न पुगेका भिडले फुट्यो जनकपुर बिमानस्थलको ढोकाको सिसा | फेस अफ एसवाई २०८२’को टाइटल को उपाधि मलैसा आचार्यलाई | गगनले नेतृत्व गरेको कांग्रेसलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय | शहीद विष्णु देव महतो ट्रस्टको स्थापना, पहिलो कार्यक्रम कम्बल वितरण | काँग्रेस भित्रको घटनालाई सरकारले गम्भिरतासाथ हेरिरहेको छ ः गृहमन्त्री अर्याल | मधेश प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा डा. सुनिल रंजन सिंह नियुक्त | सरकार अस्थिर हुँदा विकास निर्माणका योजना प्रभावित, विकास बजेट अढाई प्रतिशत मात्रै खर्च |

२५ कार्तिक ।
देशकै पहिलो प्राबिधिक विश्वविद्यालयमा ईन्जिनियर पढन चाहने बिद्यार्थीहरुको आकर्षण अत्यधिक बढेको छ ।
प्रदेश १ सरकारले मोरङको बुढीगंगा गाउँपालिका ४ हात्तीमुढामा स्थापना गरेको देशकै पहिलो मनमोहन प्राबिधिक विश्वविद्यालयको दोस्रौ शैक्षिक सत्रमा भर्ना भएर ईन्जिनियरिङग विषय पढन चाहने बिद्यार्थीहरुको आर्कषण अत्यधिक बढेको हो ।
दोस्रो शैक्षिक सत्रको भर्ना आवेदन खुल्ला भएपछि स्कुल अफ ईन्जिनियरिङतर्फ सिभिल र ईलेक्ट्रिक एण्ड ईलेक्ट्रिोनिक्स ईन्जिनिरिङ बिषयमा स्नातक तहमा पढने पाँच सय बढी बिद्यार्थीहरुले आवेदन दर्ता गराइसकेको प्रविधिकि विश्वविद्यालयका डिन डा. प्रचण्डमान प्रधानले बताए ।
डिन प्रधानका अनुसार भौतिक पुर्वाधार सम्पन्न कक्षा कोठा , कमप्युटरीकृत पठनपाठन र परीक्षा प्रणाली अनि उच्च स्तरको गुणस्तरिय प्रयोगशाला र बिशिष्टकृत पाठयक्रम र महिला छात्राबास सहित आउनजान यातायातको समेत व्यवस्था भएकोले पहिलो शैक्षिक सत्रदेखी नै मनमोहनमा ईन्जिनियर पढन चाहने विद्यार्थीहरुको घुँईचो लाग्न थालेको हो ।
ईन्जिनियरिङ संकायका विभागिय प्रमुख ईन्जिनियर नरेन्द्रकुमार डाँगीका अनुसासर चालु शैक्षिक सत्रमा यही ३० कार्तिक सम्म नियमति र ९ मंसिरसम्म बिलम्ब शुल्क बुझाएर बिद्यार्थीहरुले अनलाइन मार्फत भर्नाका लागि आवेदन दिन सक्नेछन ।
२०७६ मा प्रदेश १ सरकारले संसदबकाट कानुन बनाएर देशकै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालय स्थापना गराएको हो । पाठयक्रम र भौतिक पुर्वाधार निर्माण गरि दक्ष जनशक्त्ति नियुक्त्त गरिसकेपछि गत बर्षदेखी मनमोहन प्राबिधिक विश्वविद्यालयले स्कुल अफ ईन्जिनियरिङतर्फ सिभिल र ईलेक्ट्रिक एण्ड ईलेक्ट्रिोनिक्स ईन्जिनिरिङ बिषयमा स्नातक तहको पढाई सुरु गरेको हो ।
मुलुकको सर्वाङ्गीण विकासको लागि आवश्यक पर्ने उच्चस्तरिय प्राविधिक जनशक्ति उत्पादन गर्ने, बहुप्राविधिक विश्वविद्यालयको अवधारणा अनुरुप प्रतिस्पर्धात्मक, गुणस्तरयुक्त, उपलब्धिमूलक र अन्तर्राष्ट्रिय विकासक्रमसँग आबद्धगर्न सक्ने मानव संशाधन विकास गर्ने यो विश्विद्यालयको ध्येय छ । सँगै विज्ञान, प्रविधि तथा व्यावसायिक क्षेत्रको ज्ञान र सीपको सान्दर्भिक अनुसन्धानलाई व्यापक एवं व्यवहारिक र समय सापेक्ष बनाउने मनमोहन प्राविधिक विश्वविद्यालयको लक्ष्य छ ।
देशकै पहिलो मनमोहन प्राविधिक विश्वबिद्यालयमा स्कुल अफ इन्जिनियरिङ्ग, स्कुल अफ एप्लाईड साइन्स एण्ड टेक्नोलोजी र स्कूलअफ मेडिसिन एण्ड एलाइड हेल्थ साइन्सेज सञ्चालनहुनेछन ।
यो विश्वद्यिालयले तीन वटा स्कूलहरु अन्तर्गत दशवर्षमा स्नातक, स्नातकोत्तर र विद्यावारधी(पिएचडी) गरी २८ वटा विभिन्नविषयहरु सञ्चालन गर्ने नीति लिएको छ । सबै कार्यक्रमहरु सञ्चालन भएपछि मनमोहनमा हरेक बर्ष कूल २८ सय ३१ जना दक्ष प्राबिधिक विद्यार्थी उत्पादन हुनेछन ।

सम्बन्धित खबर