LIVE
एमाले बाहिरिएपछि मधेशमा नयाँ सरकारको कसरत | आमिन हत्या प्रकरण ः आरोपीका आमाबुवासमेत कानुनी घेरामा | अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन |

निर्वाचन आयोगले धनुषा क्षेत्र नं. ३ (क) मधेश प्रदेश सभा सदस्यकालागि उम्मेदवारी दिएका जीतेन्द्रकुमार यादवसँग २४ घण्टे स्पष्टीकरण माग गरेको छ ।
आयोगले यादवलाई सवारी साधनको स्वरुप परिवर्तन गरी माइकिङ गरेको विषयमा २४ घन्टाभित्र स्पष्टीकरण माग गरेको छ ।
नम्बर प्लेट समेत नदेखिने गरी सवारी साधनको स्वरुप परिवर्तन गरी माइकिङ गर्दै निर्वाचन प्रचारप्रसार गरेको कार्य निर्वाचन आचारसंहिताको प्रतिकूल रहेको आयोगको ठम्याइ छ ।
स्पष्टीकरणमा भनिएको छ “तपाईंको प्रचारप्रसारमा प्रयोग भएको सवारी साधनको श्रव्यदृश्य सामग्री यसैसाथ छ । उक्त सवारी साधन तपाईंको प्रचारप्रसारमा प्रयोग भएको होइन भन्ने आधार कारण के छ रु”, “यदि तपाईंको प्रचारप्रसारमा उक्त सवारी साधन प्रयोग भएको हो भने तपाईंको कार्य निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ को खण्ड (द) र दफा १४ को खण्ड (ग) को विपरीत हुने भएकोले तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिम कारवाही हुनु नपर्ने कारण के छ ?”
आचारसंहिताको दफा १३, जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्दा पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (द) मा कुनै किसिमको भित्तेलेखन गर्न वा गराउन, चारपांग्रे गाडी, मोटरसाइकल, साइकल, बयलगाडा, रिक्सा, टाँगा, ठेलागाडालगायत सबै प्रकारका सवारी साधन प्रयोग गरी र्‍याली आयोजना गर्न प्रचारप्रसार गराउन नहुने व्यवस्था छ ।

सम्बन्धित खबर