LIVE
राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता | नेपाल सुडी समाजको दोस्रो साधारणसभा सम्पन्न |

निर्वाचन आयोगले धनुषा क्षेत्र नं. ३ (क) मधेश प्रदेश सभा सदस्यकालागि उम्मेदवारी दिएका जीतेन्द्रकुमार यादवसँग २४ घण्टे स्पष्टीकरण माग गरेको छ ।
आयोगले यादवलाई सवारी साधनको स्वरुप परिवर्तन गरी माइकिङ गरेको विषयमा २४ घन्टाभित्र स्पष्टीकरण माग गरेको छ ।
नम्बर प्लेट समेत नदेखिने गरी सवारी साधनको स्वरुप परिवर्तन गरी माइकिङ गर्दै निर्वाचन प्रचारप्रसार गरेको कार्य निर्वाचन आचारसंहिताको प्रतिकूल रहेको आयोगको ठम्याइ छ ।
स्पष्टीकरणमा भनिएको छ “तपाईंको प्रचारप्रसारमा प्रयोग भएको सवारी साधनको श्रव्यदृश्य सामग्री यसैसाथ छ । उक्त सवारी साधन तपाईंको प्रचारप्रसारमा प्रयोग भएको होइन भन्ने आधार कारण के छ रु”, “यदि तपाईंको प्रचारप्रसारमा उक्त सवारी साधन प्रयोग भएको हो भने तपाईंको कार्य निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ को खण्ड (द) र दफा १४ को खण्ड (ग) को विपरीत हुने भएकोले तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिम कारवाही हुनु नपर्ने कारण के छ ?”
आचारसंहिताको दफा १३, जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्दा पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (द) मा कुनै किसिमको भित्तेलेखन गर्न वा गराउन, चारपांग्रे गाडी, मोटरसाइकल, साइकल, बयलगाडा, रिक्सा, टाँगा, ठेलागाडालगायत सबै प्रकारका सवारी साधन प्रयोग गरी र्‍याली आयोजना गर्न प्रचारप्रसार गराउन नहुने व्यवस्था छ ।

सम्बन्धित खबर