LIVE
एमाले बाहिरिएपछि मधेशमा नयाँ सरकारको कसरत | आमिन हत्या प्रकरण ः आरोपीका आमाबुवासमेत कानुनी घेरामा | अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन |

धनुषा क्षेत्र नं. ३ (ख) प्रदेशसभा क्षेत्रका स्वतन्त्र उम्मेदवार अम्भु प्रसाद साहले चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । जनता समाजवादी पार्टी (जसपा)को धनुषा उपाध्यक्ष पद त्यागेर स्वतन्त्र उम्मेदवारी दिएका साहले जनकपुरधाममा शनिबार पत्रकार सम्मेलन गरी १५ बुँदै प्रतिबद्धता गरेको घोषणापत्र सार्वजनिक गरेका हुन् ।
सांस्कृतिक धरोहरको संरक्षण, संवर्द्धन, विकास, जीर्णोद्धार गराई जनकपुरधामको सांस्कृतिक पहिचान अन्तर्राष्ट्रिय स्तरमा गराउने लगायतका प्रतिबद्धता पत्र उनले ल्याएका छन् ।
निःशुल्क अनिवार्य र गुणस्तरीय शिक्षाको प्रत्याभूति गराई मधेश प्रदेशलाई पूर्ण साक्षर बनाउने, लागूपदार्थ एवं दुर्व्यसनमुक्त प्रदेश निर्माणका लाग कानून बनाई कार्यान्वयन गराउने, जनकपुरधामलाई वैवाहिक स्थलको रूपमा अन्तर्राष्ट्रिय स्तरमा पहिचान कायम गराउन आवश्यक पूर्वाधार निर्माण गराउने लगायतका मुद्दा उम्मेदवार साहको घोषणापत्रमा समेटिएको छ ।
‘कुन पार्टी र कुन छापमा मतदान गर्ने भन्ने कुरा अहिलेका मतदातालाई छैन’, उनले भने, ‘मतदाता योग्य प्रतिनिधि खोज्दै छन् । मतदाताको सोच हेर्दा म आफूलाई योग्य ठानेको छु । त्यसैले मलाई निर्वाचित गराउन मतदाताले मेरो चुनाव चिन्ह लालटेन छापमा मतदान गर्नुहुन्छ भन्ने विश्वास छ ।’जनकपुरधाम उद्योग वाणिज्य संघको उपाध्यक्ष समेत रहेका उनले मधेश आन्दोलनका बेला गरिब परिवारहरूलाई खाद्यान्नलगायतका राहत सामग्री बाँडेको, कैयौँ व्यक्तिलाई व्यवसाय गर्न सहयोग गरेको, बाल–विवाह न्यूनीकरणका लागि अभियान चलाएको, ०७२ को भूकम्प पीडितहरूको लागि राहत सामग्री काठमाडौं पठाई वितरण जस्ता सामाजिक कार्य गरेको फेहरिस्त समेत सार्वजनिक गरेका छन् ।

सम्बन्धित खबर