LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

धनुषा क्षेत्र नं. ३ (ख) प्रदेशसभा क्षेत्रका स्वतन्त्र उम्मेदवार अम्भु प्रसाद साहले चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । जनता समाजवादी पार्टी (जसपा)को धनुषा उपाध्यक्ष पद त्यागेर स्वतन्त्र उम्मेदवारी दिएका साहले जनकपुरधाममा शनिबार पत्रकार सम्मेलन गरी १५ बुँदै प्रतिबद्धता गरेको घोषणापत्र सार्वजनिक गरेका हुन् ।
सांस्कृतिक धरोहरको संरक्षण, संवर्द्धन, विकास, जीर्णोद्धार गराई जनकपुरधामको सांस्कृतिक पहिचान अन्तर्राष्ट्रिय स्तरमा गराउने लगायतका प्रतिबद्धता पत्र उनले ल्याएका छन् ।
निःशुल्क अनिवार्य र गुणस्तरीय शिक्षाको प्रत्याभूति गराई मधेश प्रदेशलाई पूर्ण साक्षर बनाउने, लागूपदार्थ एवं दुर्व्यसनमुक्त प्रदेश निर्माणका लाग कानून बनाई कार्यान्वयन गराउने, जनकपुरधामलाई वैवाहिक स्थलको रूपमा अन्तर्राष्ट्रिय स्तरमा पहिचान कायम गराउन आवश्यक पूर्वाधार निर्माण गराउने लगायतका मुद्दा उम्मेदवार साहको घोषणापत्रमा समेटिएको छ ।
‘कुन पार्टी र कुन छापमा मतदान गर्ने भन्ने कुरा अहिलेका मतदातालाई छैन’, उनले भने, ‘मतदाता योग्य प्रतिनिधि खोज्दै छन् । मतदाताको सोच हेर्दा म आफूलाई योग्य ठानेको छु । त्यसैले मलाई निर्वाचित गराउन मतदाताले मेरो चुनाव चिन्ह लालटेन छापमा मतदान गर्नुहुन्छ भन्ने विश्वास छ ।’जनकपुरधाम उद्योग वाणिज्य संघको उपाध्यक्ष समेत रहेका उनले मधेश आन्दोलनका बेला गरिब परिवारहरूलाई खाद्यान्नलगायतका राहत सामग्री बाँडेको, कैयौँ व्यक्तिलाई व्यवसाय गर्न सहयोग गरेको, बाल–विवाह न्यूनीकरणका लागि अभियान चलाएको, ०७२ को भूकम्प पीडितहरूको लागि राहत सामग्री काठमाडौं पठाई वितरण जस्ता सामाजिक कार्य गरेको फेहरिस्त समेत सार्वजनिक गरेका छन् ।

सम्बन्धित खबर