LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

प्रहरीले प्रतिबन्धित लागुपदार्थ ब्राउन सुगरसहित सिरहाबाट दुई जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीले जिल्लाको धनगढीमाई नगरपालिका ५ तेतिस बिघा सडकमा १० ग्राम ९ सय २० मिलिग्राम अवैध लागु पदार्थ ब्राउन सुगरसहित धनगढीमाई १३ का २२ वर्षीय बलराम यादव र १८ वर्षीय हरिनारायण यादवलाई नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा स ८ प २२९९ नम्बरको मोटरसाइकलमा दक्षिणबाट उत्तरतर्फ आइरहेका बेला उनीहरूको साथबाट २९ हजार नगदसहित ब्राउन सुगर जस्तो देखिने पदार्थसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुवाश बुढाथोकीले जानकारी दिए।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

सम्बन्धित खबर