LIVE
समावेशी नेतृत्वतर्फ लोसपा ः नेता राईन सह–महासचिवमा मनोनित | राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता |

‘अहिलेको गठबन्धन २० वर्षसम्म रहन्छ, अब आर्थिक विकास, समृद्धि र सुशासनमा ध्यान दिने हो’नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको गठबन्धनलाई २० वर्षसम्म निरन्तर लगिने बताएका छन्।
कतिपयले चुनावपछि गठबन्धन के हुन्छ? नयाँ बन्छ कि भन्ने अनुमान गरिरहेको उल्लेख गर्दै प्रचण्डले कम्तिमा १५/२० वर्षसम्म यही गठबन्धनलाई कायमै राख्ने बताए। लमजुङको राइनासमा आज भएको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘यो गठबन्धन चुनावसम्म मात्रै होइन। कतिपयले भन्छन् चुनावपछि फेरि अर्कै गठबन्धन बन्छ कि, हुँदैन केही पनि। जबसम्म यो देशमा संविधान, लोकतन्त्र र शान्तिमाथि तथा जनताले पाएको अधिकारमाथि चुनौती रहिराख्छ, तबसम्म यो गठबन्धन पनि गइराख्छ। १०, १५, २० वर्षसम्म जाओस्। अब अर्को प्रयोग हुँदैन।’प्रचण्डले पछि के गर्छ भनेर कतिपयले शंका गर्ने गरेको उनले बताए। ‘केपी ओलीसँग एकता गरेर मैले ज्ञान प्राप्त गरेर आएको छु। अब त्यो ज्ञान यताउता हुनेवाला छैन। यही गठबन्धनलाई लिएर जाने हो,’ उनले भने।
उनले आफू र नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा सँगसँगै देशका विभिन्न चुनावी सभामा गएको र सत्ता गठबन्धनका पक्षमा विस्तारै जनलहर आइरहेको दाबी गरेका थिए।
‘हाम्रो जीत सुनिश्चित छ। जितिसकेपछि विकास निर्माण र समृद्धि तथा सुशासनमा ध्यान दिने हो। राजनीतिक परिवर्तन हुने तर आर्थिक विकास नहुने गर्दा राजनीतिक परिवर्तन दीगो भएन। अब सबै तागत विकास समृद्धि र सुशासनका लागि लगाउने हो,’ उनले भने।

सम्बन्धित खबर